अरुण कुमार यादव/सप्तरी/चैत्र १० गते । बिद्यालय छाडेका बेरोजगार युवाहरुको लागि शिपमुलक तालिम सुरु भएको छ ।
सप्तरीको राजविराज नगरपालिका वडा नं. १ पडरियामा दक्षशिप टेक्निकल इष्चियुटद्धारा संचालित तालिममा १५ जनाको सहभागिता गराइएको छ ।
सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको आयोजनामा संचालन भएको गरेको ३९० घण्टा(६५ दिन) तालिम सुरु भएको सेभ द सप्तरीका कृषि प्राबिधिक राम कुमार साहले बताए ।
उक्त कार्यक्रममा दक्षशिप प्रमुख सुमन साह,सेभ द सप्तरीका कार्यक्रम संयोजक संतोष यादव, फिल्ड अधिकृत सत्यनारायण थारु,मदनराज भट लगायत सहभागि रहेको थियो ।

















Discussion about this post