nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मुसहर बस्तीमा होलीसँगै पञ्जाव जाने लहर

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २, २०७८, ८:०३ मध्यान्ह
मुसहर बस्तीमा होलीसँगै पञ्जाव जाने लहर

महोत्तरी । मधेशमा उल्लास र उमङ्गको पर्व ‘होली’ (फागु) नजिकिँदै छ । मधेशको प्राचीन मिथिला क्षेत्रमा सामान्यतया सबै घरपरिवार अहिले वर्षभरिका दुःखसुख बिर्सेर ‘होली’ को तयारीमा देखिदा छन् ।

यही नै मुसहर समुदायको बस्तीमा भने ‘होली’ को रङभित्रै किशोर र युवामा पञ्जाव हिँड्ने तयारी छ । “रौ, होली त लक्चियागेलौ, कहिया चल्बे ?” (ल, होली त आइसक्यो, कहिले जाने) मुसहर बस्तीमा आमरुपमा किशोर र युवा पुस्ताले एकअर्कासँग राख्ने जिज्ञासा यस्तै सुनिन्छ ।

जीवन गुजारा र घरपरिवारको प्रतिपालका लागि पञ्जाव जानु यो समुदायका किशोर र युवाको नियति नै देखिन्छ । थोरै जग्गाजमीन हुनेलाई साहुले ऋण पत्याउँछन्, त्यस्ता विदेश (भारतबाहेकका मुलुक) जान्छन् । आम मुसहर जग्गाविहीन हुनाले यिनीहरूको विदेश कमाइ भनेको भारतको पञ्जाव र हरियाणा नै हुने गर्छ । पासपोर्ट (राहदानी), भिसा केही नचाहिने र एकाध हजार बाटो खर्चको जोहोले पुग्न सकिने भएपछि मुसहर किशोर र युवाको कमाइको गन्तव्य हरियाणा, पञ्जाव हुने गरेको हो । कृषि कार्यमा पोख्त मानिने यो समुदायका किशोर र युवा पञ्जाव र हरियाणामा यसै कामले गरेको आर्जनले घरपरिवारमा चाडपर्वको खुसी दिन्छन् ।

मुसहर बस्तीमा जुडशीतल (विक्रम संवत्को नयाँ वर्षमा मनाइने पर्व), छठ र होलीपछि हरियाणा, पञ्जाव जाने लहर चल्छ । ‘जो रे पञ्जाव, चल रे पञ्जाव !’ (जाउ पञ्जाव, हिंड पञ्जाव) यी पर्वपछि मुसहर बस्तीमा यस्तै स्वर गुञ्जन्छन् । पाका अभिभावकले आफ्ना किशोर र युवा उमेरका भाइ, छोरा, भतिजालाई ‘जो रे पञ्जाव’ (पञ्जाव जाउ) र यी उमेरका किशोर र युवाले आफ्ना दौँतेरीलाई ‘चल रे पञ्जाव’ (हिँड पञ्जाव) भनेको सुनिन्छ ।

मुसहर युवाको श्रम गन्तव्य हरियाणा र पञ्जाव भएपनि यिनीहरू बेलीचालीमा भने उता जानुलाई ‘पञ्जाव’ नै भन्ने गर्छन् । मुसहर बस्तीमा घरका भाइ, छोरा, भतिजा पञ्जाव जाने तयारीमा लागेपछि यो अवसर नै खास पर्वजस्तै बन्छ । जोरजाम गरेर सुँगुरको मासु, घोङी (मुसहरको प्रिय परिकार मानिने सङ्खेकिरा जस्तै हिलोमा हुर्कने जिव) को झोल र मुसाको चटनी अनि लोकल खोयाबिर्के दारु (रक्सी) को चुस्की । बस्तीभरिका मुसहरको जमघट । भोलि टोलैभरिका केटाहरूको पञ्जाव प्रस्थान । पर्वपछि देखिने मुसहर बस्तीको दृश्य यस्तै हुन्छ । यसै क्रममा अहिले मुसहर बस्तीमा ‘होली’ को रङ् (उत्सव) सँगै पञ्जावको तयारी बढ्दो छ । ‘जो रे पञ्जाव, चल रे पञ्जाव !’ चाडपर्व मनाएपछि बस्तीका किशोर र युवा पञ्जाव जाने तयारीमा लाग्नु पछिल्लो एक/दुई दशकयता मुसहर समुदायको चलनजस्तै बनेको छ ।

मुसहर बस्तीमा पर्व सकेर चैत लागेसँगै बाबु, काका पुस्ताले आफ् ना सन्तानलाई पञ्जाव जान अभिप्रेरित गर्न ‘ जो रे पञ्जाव’ र किशोर युवाभने पञ्जाव जाने आफ्नो जमात बढाउन सम वयस्कलाई ‘चल रे पञ्जाव’ भनी रहेका भेटिने गर्छन् । जीवन गुजाराको मुख्य काम नै भारतको पञ्जावमा कृषि मजदुरीलाई बनाएका मुसहर किशोर र युवा त्यता जाने तयारीमा लागेपछि उनीहरू बिदा हुने अघिल्लो रात बस्तीमा भोज खाने यो जातिको परम्पराजस्तै बनेको छ । “हाम्रो टोलका केटाहरू अब एक साताभित्रै पञ्जाव जान्छन्”, महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरस्थित मुसहरीटोलका बिलासवा सादा मुसहरले भावुक हुँदै भन्नुभयो, “हामी होलीसँगै उनीहरूलाई पञ्जाव पठाउने भोजको तयारीमा जुटेका छौँ ।” महोत्तरी जिल्लाका सबैजसो मुसहर जातिको बसोबासका बस्तीमा होलीसँगै अहिले पञ्जावको तयारी छ ।

जिल्लाको बर्दिबास नगरपालिकाका बर्दिवास मुसहरी, बिजलपुरा, पशुपतिनगर, गौशाला नगरपालिकाका रजखोर र फुलकाहा, भङ्गाहा नगरपालिकाका रामनगर, सकरी, भङ्गाहा मुसहरी, कर्पुरगञ्ज, टिकुलिया, अजगेवा, धर्मपुर, हतिसर्वा, सिङ् ग्याही, मेघरोल, धनसपुर र हरिनमरी, औरही नगरपालिकाका चेप्कोट, टिम्किया, भोइल, औरही मुसहरी, खोपी, एकडारा गाउँपालिकाको भटौलिया, लोहारपट्टी नगरपालिकाको डोठारा, लेउरी, पिपराढी र रामगोपालपुरसहितमा मुसहर जातिको सघन बसोबास रहँदै आएको छ । यी बस्तीमा अहिले आमाहरू भारी मनले भर्खर १५/१६ टेकेका छोरालाई पञ्जाव बिदा गर्ने तयारीमा छन् । सम्पतिको नाउँमा सानो पराले झुप्रोमात्र भएका आफ्नो समुदायका किशोर र युवाको वैदेशिक रोजगारको गन्तव्य भनेकै भारतको पञ्जाव रहेको यस समुदायका बुढापाकाको भनाइ छ । “साहुले ऋण पत्याएका गाउँका अरु समुदायका युवा कमाउन अरब कत्तार काहाँ काहाँ जान्छन्”, भङ्गाहा मुसहर बस्तीका परेग्वा सादाले भन्नुभयो, “हाम्रा छोरालाई त त्यति टाढा जाने रकम पत्याउने साहु (धनी) नै पाइँदैनन्, त्यसैले पञ्जाव नै जान्छन् ।”

पञ्जाव जान नागरिकता र राहदानी नचाहिने र बढी खर्च नलाग्ने भएकाले मुसहर समुदायका किशोर र युवाको रोजगारीको गन्तव्य पञ्जाव हुने गरेको छ । ‘कमाइ ल्यायो, भुटी खायो’ आहानका उदाहरण मुसहर समुदायमा अहिले पनि नागरिकता बनाउने, पढ्नुपर्ने र सामाजिक÷राजनीतिक गतिविधिमा सरिक हुने मालिक (मुसहर गाउँका उपल्लो जात भनिने अरु जाति समुदायलाई मालिकको सम्बोधन गर्छन् ) हरूको काम भएको धारणा पाइने गरेको सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको सामाजिक संस्था प्रयास महोत्तरीका अध्यक्ष जिल्लाकै एकडारा गाउँपालिकाको भटौलियाका बासिन्दा प्रवीण कर्णको भनाइ छ ।

जिल्लामा कृषि मजदुरको अभावले खेतबारी बाँझै रहने र यहीकै कृषि कार्यमा दक्ष मानिएका मुसहर भने कृषि मजदुरी गर्न पञ्जाव जाने कुरा उदेकलाग्दो भएको बुद्धिजीवीको टिप्पणी छ । यहाँको कृषि जनशक्ति यही लगाउन राज्यस्तरबाट कुनै अग्रसरता नदेखिनु उदेकलाग्दो कुरा भएको बर्दिवास बहुमुखी क्याम्पसका प्रमुख तोपबहादुर ठकुरीले बताउनुभयो ।

सम्पत्ति कमाउने र सञ्चित गर्ने सोचसम्म पनि नराख्ने मुसहर समुदायको पञ्जाव पलायन गुजारासँग मात्र जोडिएको छ । आफ्नो गाउँघर वरिपरिनै उचित बनी (पारिश्रमिक) पाए कलकलाउँदो उमेरको छोरालाई पञ्जाव पठाउनु नपर्ने कुरा आफ्ना लागि मीठो कल्पना हुने गरेको मुसहर बस्तीका आमा बताउँछन् । “केकरा ललसा नई जे परिवारके सब गोटे दुःखसुख बाइँट क सँगसाथ रही”, (परिवारका सबै सदस्य एकसाथ दुःखसुख बाँडेर बसौँ भने कसलाई लाग्दैन र ?) अब एक साताभित्रै छोरो सुकनालाई पञ्जाव पठाउने तयारीमा रहेकी अजगेवाकी फुलोवती सादाले भन्नुभयो, “मुदा, परिवारके गुजर बसरकेलेल बेटा के पञ्जाव भेज परैछै” (तर, परिवारको प्रतिपालका लागि छोरा पञ्जाव पठाउनुको विकल्प छैन) । जिल्लाका मुसहर बस्तीबाट एकलट किशोर र युवा छठ सकिएलगत्तै पञ्जाव गई सकेका छन् ।

होलीका लागि पर्खेका किशोर र युवा अब धमाधम पञ्जाव जाने तयारीमा रहेका देखिदो छ । “धेरैजसो हाम्रा नानीहरू लाग्दो मङ्सिरमै पञ्जाव गइसके”, धमौराको दलित बस्तीका अगुवा उत्तिम सादा मुसहरले भन्नुभयो, “अब बस्तीमा देखिएका किशोर र युवा पनि एक साताभित्रै पञ्जाव जाने छन् ।” सम्पत्ति आर्जन गर्ने कुनै लालसा नपालेका मुसहर समुदायका लागि छोरो पञ्जावबाट फर्किएको दिन मनमाफिकको भोजन गर्ने अवसर हुने गरेको छ ।

त्यसदिन आफन्तसहित सुँगुरको मासु, मुसाको चटनी, घोङीको झोलसँगै घरैया दारु (घरेलु मदिरा) खाएर एकछिन नाचगान गरेपछि छोरो पञ्जाव गएको सार्थक ठानिने मुसहर समुदायको आम धारणा पाइने गरेको छ । “अरु गाउँका मालिकले अरु चाडपर्व मनाउँछन्”, सकरीको मुसहर बस्तीका अगुवा रेबिया सादाले भन्नुभयो, “हामीचैँ छोरो पञ्जावबाट फर्केपछि जलसा (उत्सव) मनाउछौं ।” आफ्नो गरिबी र पछौटेपनप्रति सरकार, राजनीतिक दल वा राज्यका अन्य कुनै निकायप्रति कुनै गुनासो नरहेका मुसहर समुदाय आपूmलाई भगवानको खटनपटनले नै ठूलाबडाको सेवाका लागि बनाएका विश्वास गर्छन् ।

कुपोषण र खानकै कमीले ५० वर्ष नपुग्दै मृत्युको मुखमा पुग्ने मुसहर मुलुकमा जातीय उत्पीडन र पछौटेपनबाट मुक्तिका लागि भइरहेका जातीय र क्षेत्रीय आन्दोलनबाट बेखबर देखिन्छन् । यो समुदायका नानीहरूको विद्यालय पहुँच छैन । जिल्लामा करिब ३५ हजार हाराहारी जनसङ्ख्या रहेको यस समुदायबाट अहिलेसम्म एसइई उत्तीर्ण गर्नेको सङ्ख्या अझै ५० ननाघेको त जिल्ला शिक्षा विकास एकाइ कार्यालय महोत्तरीले नै स्वीकार गरेको छ ।

कृषि कार्यका लागि दक्ष जनशक्ति मानिने मुसहर समुदायको पञ्जाव पलायन रोक्न राज्य र सङ्घ संस्थाबाट पहलकदमी नभएको जिल्लाका बुद्धिजीवीले टिप्पणी गरेका छन् । यो कृषि मजदुरको जनशक्तिलाई छेक्न नसके मजदुरकै अभावमा जिल्लाका उर्बर जग्गा बाँझो रहने क्रम बढ्दै जाने जिल्लाकै भङ् गाहाको सीतापुरका बासिन्दा कृषि मन्त्रालयकै सहसचिवबाट अवकाश लिनुभएका कृषि विज्ञ रामबहादुर भुजेलको भनाइ छ । रासस

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा खुल्यो याडियाको आधिकारिक शोरूम,विद्युतीय स्कुटर र मोटरसाइकल उपलब्ध

जनकपुरधाममा खुल्यो याडियाको आधिकारिक शोरूम,विद्युतीय स्कुटर र मोटरसाइकल उपलब्ध

हत्या आरोपीसँग हतियार प्रदर्शन गर्दै टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

हत्या आरोपीसँग हतियार प्रदर्शन गर्दै टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

मटिहानीमा बडादशैँको सुरुवातसँगै भव्य शान्ति कलश शोभायात्रा

मटिहानीमा बडादशैँको सुरुवातसँगै भव्य शान्ति कलश शोभायात्रा

जनकपुरधामका शक्तिपीठमा घटस्थापनासँगै भक्तजनको घुइँचो

जनकपुरधामका शक्तिपीठमा घटस्थापनासँगै भक्तजनको घुइँचो

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

सरकारी बेवास्ताले थलिँदै जनकपुरको प्रादेशिक अस्पताल, थप बेड र आइसीयू आवश्यक

सरकारी बेवास्ताले थलिँदै जनकपुरको प्रादेशिक अस्पताल, थप बेड र आइसीयू आवश्यक

जनकपुरधाममा राम युवा कमिटीको दुर्गा पूजा तयारी अन्तिम चरणमा

जनकपुरधाममा राम युवा कमिटीको दुर्गा पूजा तयारी अन्तिम चरणमा

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना

कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?

कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि