जनकपुरधाम । बिहेको तीन दिनअघि एक युवतीलाई अप हरण गरि २१ दिनसम्म थुनामा राखेर उनलाई सामूहिक बला त्कार गरेको छ ।
भारत, मध्यप्रदेशको सिंगरौली जिल्लाकी एक युवतीमाथि सामूहिक बला त्कार भएको छ ।
अहिले प्रहरीले घटनास्थलबाट एक अभियुक्तलाई प क्राउ गरेको छ भने मुख्य अभियुक्त फ रार छन् । मध्यप्रदेश सिंगरौलीकी २१ वर्षीया युवतीका आफन्तले २७ जनवरीमा छोरी अपहरण भएको भन्दै उजुरी दिएका छन् ।
३० जनवरीमा उनको विवाह हुँदै थियो । सो उजुरीका आधारमा प्रहरीले दुई अभियुक्तविरुद्ध मुद्दा दर्ता गरी खोजी सुरु गरेको थियो । मोबाइल लोकेशन ट्रेस गरेर प्रहरी बालाघाट पुगेको थियो ।
त्यही क्रममा प्रहरीले युवतीलाई त्यहाँ फेला पारेको हो । प्रहरीले आरोपी धर्मेन्द्र गुप्तालाई त्यहाँबाट प क्राउ गर्यो भने मुख्य अभियुक्त कोमल गुप्ता घटनास्थलमा फेला परेनन् ।
प्रहरीले भारतीय दण्ड संहिताको धारा ३४४, ३६६ र ३७६ अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ । प्रहरीका अनुसार गत २७ जनवरीमा युवती दिसा गरेर फर्किंदै गर्दा कवाडी व्यापारी धर्मेन्द्र गुप्ताले उनलाई आफ्नो कारमा बसाएर जबलपुर गएका थिए ।
उनीसँगै मुख्य अभियुक्त कोमल गुप्ता पनि थिइन् । जबलपुरपछि आरोपीले युवतीलाई बालाघाट लगेर २१ दिनसम्म बला त्कार गरेको जानकारी दिइएको छ । युवतीले यो कुरा आफ्नो बयानमा पनि रेकर्ड गरेकी छिन् ।
मुख्य अभियुक्त भारतीय जनता पार्टीको सराई मण्डलका अध्यक्ष समेत रहेको बताइएको छ ।














Discussion about this post