अरुण कुमार यादव/सप्तरी/फागुन ११ गते। सेभ द सप्तरीले जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकामा कृषक समुह बनाएर गरेको तरकारी खेतीको अनुगमन गरिएको छ ।
जिल्लाको तिलाठी कोइलाडी गाउापालिका वडा नं.४ कोशी पलारमा कृषक समुहको आयोजनमा २४ जना सदस्य मिलेर तरकारी खेति गरेका छन ।

उनीहरु साढे तीन बिगाहाबाट सुरु गरेको तरकारी खेति अहिले ८ बिगाहा जमिनमा तरकारी बालि लगाएका छन । साथै पााच बिगाह जग्गामा फर्सी,सजमाइन,तारभुज लगायतका लहरे बालि लगाएको देखिएको छ ।
समुन्नती कार्यक्रममा अन्र्तगत सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीले बिभिन्न कृषक समुहलाई खादमल,बिषादी औषधी,पानी पटाउने मैसिन,पाईप र बोरिङ किसानलाई नि:शुल्क प्रदान गरेपछि उनीहरु तरकारी खेति तिर आकर्षित भएको स्थानिय समुदायिक परिचालक मुनेश्वर मुखियाले बताए ।

दिना भऽी कृषक समुहकी अध्यक्ष देवरीदेवी मुिखया,सचिव राधा देवी मुखिया, कोषाध्यक्ष रेणुदेवी मुखिया,सदस्य फुलोदेवी,डामो देवी सदा सहितकाले उक्त ठाउामा तरकारीबालीमा बिशेष गरि फुल कोभी, बन्दाकोभी, भान्टा, खुर्सानी, टमाटर, आलु, मुला, बन्धाकाउली,फुलकाउबी,गोलभेडा,रायसाग,मुला,बैगन, काउाली,बन्धा काउाली रायो साग लगायतका तरकारीहरु उत्पादन गरेका छन् ।

सेभ द सप्तरीको अगुवाइमा त्यहाा गएको अनुगमन टोलीले तरकारी उत्पादन,तरकारी बिक्रि गरेर किसानले आफनो घरपरिवार चलाउदै आएको गुजारा बारे जानकारी लिएका छन ।
सो क्रममा तिलाठी केइलाडी गाउापालिकाका अध्यक्ष सतिश सिाह,सेभ द सप्तरीका कृषि प्राबिधिक रामकुमार साह, फिल्ड अधिकृत सत्यनारायण थारु, प्रशासन तथा लेखा अधिकृत अशोक साह, समुदायिक परिचालक मुनेश्वर मुख्या लगायतकाले तरकारीबालीको अनुगमन गरेका थिए । जिल्लाको तिलाठी कोइलाडी गाउपालिका अन्र्गत कोइलाडीको कोशी पलारमा उनीहरु तरकारी खेती गरेर आत्मनिर्भर बनिरहेका छन ।
Discussion about this post