महोत्तरी । महोत्तरीको सागरनाथ जंगलभित्र मृ त अवस्थामा फेला परेकी महिलाको ह त्या गरी फालिएको पाइएको छ । हत्यामा संग्लन भएको आरोपमा मृ तकका श्रीमान् अजय महतो कोइरी र उनका सहयोगी प्रमोद राउतलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।
५ दिनअगाडि गौशाला नगरपालिका वडा नं. १२ कान्तिबजार जाने बाटोमा रेल्वे लिकभन्दा ५ सय मिटरअगाडि पहिचान खुल्न नसकेकी मृ त महिला भारतको सितामाढीकी राधा भनिने अपसना खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
कसरी ह त्या भयो ?
मृ तक राधा भनिने अपसना खातुन सर्लाहीमा ज्याला मजदुरी गर्ने गर्थिन् । यसैक्रममा २ वर्ष अगाडि पेटी ठेक्कापट्टा गर्ने अजय तिवारीसँग भेट भयो ।
अजय र राधाको नजिकपना बढ्दै गएपछि उनीहरुको समबन्ध प्रेमसम्बन्धमा रुपान्तरण भयो । उनीहरुले प्रेमसमबन्धलाई २ वर्ष अगाडि मात्र विवाहमा परिणत गराएका थिए ।
राधाको अजयसँग दोश्रो बिवाह हो । २ वर्षअगाडि नै राधाको पहिलो श्रीमानसँग सम्बन्ध बिग्रिएपछि उनी तनावमा थिइन् । सोही समयमा अजयसँगको भेट भएको थियो । उनको पहिलो श्रीमानको घर भारतको उत्तर प्रदेशमा हो ।
पहिलो श्रीमानबाट राधाका दुई छोरा छन् । दुई छोराहरुको पालन पोषणको सर्तमा ह त्याआरोपित दोश्रो श्रीमान अजय साहले दुई वर्षअगाडि विवाह गरे । नेपालमा बसेर काम गरेपनि अजयको घर र मृ तक राधाको माइती भारतको सितामाढी नै हो ।
अजयले प्रहरीलाई दिएको बयान अनुसार राधाले अजयलाई उनको घर भारतको बिहार प्रदेशस्थित सितामाढी लैजान निक्कै कर गरिन् । अजयले राधालाई घर लिएर गए, तर उनीहरुको सम्बन्धलाई परिवार र समाजले स्वीकार गरेन । त्यसपछि उनीहरु पुनः सर्लाही नै फर्किए ।
सर्लाहीस्थित मलङ्गवामा कोठा भाडामा लिएर बसेका उनीहरुको दैनिक जेनतेन चलिरहेको थियो । राधाले श्रीमान् अजयलाई कोर्ट म्यारिज गर्न, आफूलाई अधिकार दिन दबाब दिइन् ।
अजयले प्रहरीलाई दिएको बयानअनुसार आर्थिक कारोबारमा समेत राधाले बिस्तारै अजयलाइ तनाव दिन थालिन् । तुरुन्त अधिकार नदिलाए जबर्जस्त करणीको मुद्दामा फसाउने समेत धम्की दिएपछि अजयले त्यो तनाव झेल्न नै सकेनन् ।
कसरी भयो ह त्याको योजना ?
अजयको अनुसार ७ महिनाको गर्भवतीसमेत रहेकी राधाले निक्कै तनाव दिएपछि उनले उक्त पीडा आफ्ना साथीभाइलाई पनि भने ।
साथीभाइकै योजनामा अजयले भित्रभित्रै राधालाई जीवनबाट नै पन्छाउने योजना बुन्दै गए । लामो छलफलपछि अजयका साथी प्रमोद राउत र सँगै काम गर्ने एक जनाले ह त्याको योजना बताए । प्रमोदले महोत्तरीको सागरनाथ जंगलमा लैजाने र त्यही ह त्या गर्ने सुझाएपछि अजय र उनका सहयोगी पनि तयार भए ।
२ फाल्गुनमा मेला हेर्न महोत्तरीको गौशालामा जाने भनेर सुनाएपछि राधा पनि निक्कै खुसी भइन् । श्रीमान अजय महतोले पहिलो आफूसँग विवाह गरीआउनुअघिका २ छोराहरुलाई पनि सँगै लिएर गए । साथमा प्रमोद राउत र अजयका अर्का एक जना सहयोगी पुरुष पछि-पछि थिए ।
उनीहरुले महिलालाई सागरनाथ जंगलको रेल्वे ट्र्याकमा लगेर सलले घाँटीमा तीन फन्को बाँधे । दुवै जनाले राधालाई समाएर कन्चट र छातीमा लात्ता हाने । त्यसपछी पेटमा लाताले हानेर ह त्या गरेपछि उनीहरुले रेल्वे ट्र्याकबाट २ सय मिटर अगाडि ल्याएर श व छाडेर भागे ।
अभियुक्त कसरी प क्राउ परे ?
महिलाको घाटीमा निलडाम र शरीरका विभिन्न भागहरुमा चोटपटक देखेपछि प्रहरी घटनाको अवस्था हेर्दै ह त्या नै भएको निष्कर्षमा पुगेको थियो ।
अझ २ फाल्गुनमा बेवारिसे अवस्थामा गौशालामा नै फेला परेका दुई बच्चा प्रहरीलाई अनुसन्धान गर्न निक्कै सहज बन्यो । दुई बच्चामध्ये एउटा बच्चालाई बुवाको नाम सोधपुछ गर्दा अजय बताएपछी प्रहरीले त्यसलाई पनि आधार बनायो ।
प्रारम्भिक अनुसन्धानमा आएका हरेक प्रमाणहरुलाई आधार बनाएर महोत्तरीको प्रहरीमात्र हैन सर्लाही र भारतमा समेत प्रहरीले निगरानी बढायो । इलाका प्रहरी गौशाला, जिल्लाको अनुसन्धान बिभाग र प्रदेशका प्रहरीले घटनालाई सुक्ष्म अध्ययन गरेपछि प्रहरीको आशंका श्रीमानतर्फ मोडियो ।
त्यस्को ५ दिनपछि भारतीय प्रहरीको सहयोग नेपाल प्रहरीले ह त्याको आरोपित अजय महतो र प्रमोद राउतलाइ भारतको सितामाढीबाट प क्राउ गरेको छ भने ह त्यामा संलग्न एक जना अझै फ रार छन् ।
मंगलवार बेलुका महोत्तरीको गौशाला-११ स्थित सागरनाथ जंगलनजिकैको पसलमा बेवारिसे अवस्थामा फेला परेका २ जना बालक मृ तक महिलाको नै भएको पुष्टि भएको छ ।
उनीहरु महिलाको पहिलो पतिबाट जन्मिएका र उनीहरुलाई अभिभावकको जिम्मा लगाउने प्रहरीले तयारी गरेको छ ।
उनीहरुलाइ महिलासँगै ल्याएको भए पनि ह त्या गर्ने योजना नभएको ह त्या आरोपित अजय साहले प्रहरीको बयानमा भनेका छन् । अहिले बच्चाहरु स्थानीय दिनेश महतोको आश्रयमा छन् ।














Discussion about this post