nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेश सरकारद्वारा किसानलाई राहत दिने तयारी

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २४, २०७८, ७:०७ मध्यान्ह
मधेस प्रदेश सरकारद्वारा किसानलाई राहत दिने तयारी

जनकपुरधाम/ माघ २४ गते । मधेस प्रदेश सरकारले बेमौसमी वर्षाबाट पीडित किसानलाई बल्ल राहत दिने तयारी गरेको छ । गत कात्तिकको अन्त्यतिर भएको वर्षाका कारण प्रदेशका विभिन्न जिल्लाका धानबालीमा ठूलो क्षति पु¥याएको थियो ।

“बेमौसमी वर्षाका कारण पीडित किसानलाई राहत वितरणको तयारी सुरुआत गरेका छौँ”, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिषकुमार पालले भन्नुभयो, “यसका लागि निर्देशिका तयारी भइसकेको छ, तथ्याङ्क सङ्कलनको काम जारी छ ।” सबै जिल्लाका स्थानीय तहका जनप्रतिनिधिलाई पीडित किसानको नाम, क्षतिको विवरण र बैंक खाता पठाइदिन पत्राचार गरिसकेका उहाँको भनाइ छ ।

स्थानीय तहहरूबाट विवरण आउन ढिलाइ भएको र विवरण सङ्कलन भएसँगै राहत वितरण सुरु गरिने उहाँले जानकारी दिनुभयो । वर्षाका कारण भएको क्षतिको विवरणका आधारमा किसानलाई राहतस्वरुप खातामै रकम पठाइने उहाँको भनाइ छ । पीडित किसानलाई राहत दिने प्रदेश सरकारले घोषणा गरेको थियो ।

यसैबीच प्रदेश सरकारले किसानको समस्या पहिचान तथा समाधान गर्न उच्चस्तरीय समिति गठन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवका संयोजकत्वमा गठन गरेको पाँच सदस्यीय उच्चस्तरीय समितिको सदस्यमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मालाई चयन गरिएको छ ।

समितिलाई कृषि तथा पशुपक्षी विकास, किसानको मलखाद, बीउबिजन तथा सिँचाइ समस्या, बिमाको अवस्था, डुबान कटानको अवस्था, कृषि यान्त्रिकीकरणको अवस्था र अगामी रणनीति, कृषि विद्युतीकरणको अवस्था, मधेस प्रदेशको भू–उपयोग नीति निर्माण एवं मधेस सरकारले कषि सुधारका लागि गरेको गतिविधिको समीक्षा एवं आगामी योजनाबारे नीति निर्माण गर्ने जिम्मेवारी दिइएको अर्थमन्त्री साहले जानकारी दिनुभयो ।

विगत छ महिनामै रु. एक अर्ब ६० लाख राजस्व सङ्कलन

कोरोना त्रासका बीच भन्सार कार्यालय मलिवाडा महोत्तरीले विगत छ महिनाका अवधिमा रु. एक अर्ब ६० करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा रु. एक अर्ब ७० करोड ७० लाख ७७ हजार लक्ष्य रहेकामा पुस मसान्तसम्ममा लक्ष्यको ९५ दशमलव दुई प्रतिशत अर्थात रु. एक अर्ब ६० करोड राजस्व सङ्कलन भइसकेको छ ।

अन्य महिनाको तुलनामा माघमा सामान कम आयात हुने गरे पनि माघको दोस्रो सातासम्ममा लक्ष्यको आठ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन भएको भन्सारका प्रमुख भन्सार अधिकृत अमित पौडेलले जानकारी दिनुभयो । मुख्यतः सो नाकाबाट डिजेल, पेट्रोलसहित गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार, तरकारी, टायल्स, मार्बललगायतका सामग्रीको भारतबाट आयात हुने गरेको जनाइएको छ ।

डिजेल, पेट्रोलको आयात बढेको र खाद्यान्न सामग्रीसमेत बढी आयात भएकाले राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख पौडेलको कथन छ । अघिल्लो आव २०७७÷७८ मा सो कार्यालयको वार्षिक लक्ष्य रु. ७९ करोड ६५ लाख रहेकामा रु. एक अर्ब ६२ करोड ८८ लाख राजस्व सङ्कलन गरेको थियो । 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

जनकपुरधाममा १९ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा वडा अध्यक्ष कप सुरु

जनकपुरधाममा १९ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा वडा अध्यक्ष कप सुरु

पत्रकारितामाथि बढ्दो अविश्वासबारे आत्मसमीक्षा आवश्यकः सभामुख यादव

पत्रकारितामाथि बढ्दो अविश्वासबारे आत्मसमीक्षा आवश्यकः सभामुख यादव

सिरहाको बरियारपट्टी छोटी भन्सार बन्दविरुद्ध आन्दोलन जारी

सिरहाको बरियारपट्टी छोटी भन्सार बन्दविरुद्ध आन्दोलन जारी

जनकपुरधाममा एआई फर मोडर्न जर्नालिज्न सम्बन्धी तालिम

जनकपुरधाममा एआई फर मोडर्न जर्नालिज्न सम्बन्धी तालिम

आगामी ३ दिन तातो लहर चल्ने, यी हुन बढी प्रभावित १७ जिल्ला

आगामी ३ दिन तातो लहर चल्ने, यी हुन बढी प्रभावित १७ जिल्ला

चार महिनामा २०९ जनाले लिए आमाको नामबाट नागरिकता

चार महिनामा २०९ जनाले लिए आमाको नामबाट नागरिकता

जनकपुरधाममा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जनकपुरधाममा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!