nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेश प्रदेशको राजधानी जनकपुरधामको मुजेलियामा निर्माणाधीन प्रवेशद्वार शहीद गेटको निर्माण काम अन्तिम चरणमा

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २२, २०७८, ७:४२ मध्यान्ह
मधेश प्रदेशको राजधानी जनकपुरधामको मुजेलियामा निर्माणाधीन प्रवेशद्वार शहीद गेटको निर्माण काम अन्तिम चरणमा

जनकपुरधाम/माघ २२ गते। जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित अधिकांश योजना निर्धारित समयमै सम्पन्न हुन थालेका छन् । जनप्रतिनिधिको निरन्तरको निगरानी र कर्मचारीको सक्रियताका कारण जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित सडक, पुल र शहीद गेटलगायतका भौतिक पूर्वाधार निर्माण योजना समयमै सम्पन्न हुन थालेका हुन् ।

मुलुकका अधिकांश स्थानीय तहमा सञ्चालित योजना वर्षाौसम्म अलपत्र रहेको सूचना आइरहेका बेला जनकपुरधाम नगरपालिकाले नगरक्षेत्रको विभिन्न वडामा सञ्चालित योजना समयमै सम्पन्न हुन थालेपछि स्थानीयवासीले विकास भएको अनुभूतिसमेत गर्न थालेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको योजनामध्ये महत्वपूर्ण योजना मानिएको धनुष आकारको शहीद गेट निर्माण कार्य अन्तिम चरण पुगेको छ । मधेशप्रदेशको जनकपुरधाम प्रवेशद्वार मुजेलियामा निर्माणाधीन सो मधेश शहीद गेटको करिब ९० प्रतिशत काम सम्पन्न भएको उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनीयर वीरेन्द्रकुमार यादवले बताए ।

ढल्केवर-जनकपुर ६ लेन सडकको मुजेलियामा निर्माणाधिन मधेशशहीद गेटमा रङ्ग लगाउने, भगवान् राम र शहीदको प्रतिमा स्थापनाको काम बाहेक सम्पूर्ण कार्य सकिएको उनले बताए ।

जनकपुरधाम उपमहानगरपालिकाको करिब चार करोड रुपैयाँको लागतमा निर्माण भइरहेको शहीद गेट केही दिनभित्रै सम्पन्न हुने वरिष्ठ इञ्जिनीयर यादवको भनाइ छ । धार्मिक पर्यटकीय नगरीका रुपमा परिचिति मधेशप्रदेशको राजधानी जनकपुरधाममा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धार्मिक, राजनीतिक र सांस्कृतिक पहिचान झल्किने गरी उपमहानगरपालिकाले धनुष आकारको शहीद गेट निर्माण गर्न लागेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले कार्यपालिकाको पहिलो बैठकबाट मधेशआन्दोलनका शहीदको सम्मानमा नगरको प्रवेशद्वारमा धनुष आकारको शहीद गेट निर्माण गर्ने निर्णय गरेका थिए । त्यही निर्णयका आधारमा २०७७ असार २० गते नगरप्रमुख साहले सो शहीद गेटको शिलान्यास गरेका थिए ।

जनकपुरधाम उपमहानगरपालिकासँग सम्झौता गरी २०७७ असार २० गतेबाट काम सुरु गरेको निर्माण कम्पनीले २०७८ पुस मसान्तसम्ममा गेट निर्माण गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता भएको थियो । त्यही सम्झौताअनुसार नै काम सम्पन्न गर्ने योजनाअनुरुप कामलाई तीव्रता दिएको निर्माण कम्पनी गौरी पार्वती स्याब जेभीका साइड इञ्जिनियर अमरकुमार साहले जानकारी दिए ।

ठेक्का अवधिभन्दा अगाडि नै गेटको निर्माण कार्य सम्पन्न गरी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी काम अघि बढाए पनि पनि कोभिड– १९ सङ्क्रमणका कारण केही ढिलाई भएको इन्जिनियर साहले बताए ।

‘गेटको काम करिब करिब सकिएको छ’, उनले भने, ‘अब गेटको माथिल्लो भागमा १४ फिटको भगवान रामको प्रतिमा र तीनवटा पिलरमाथि शहीदहरुको प्रतिमा राख्न मात्र बाँकी छ।’ त्यो पनि केही दिनभित्रै सम्पन्न गरिने उनको भनाइ छ ।

३१ फिट अग्लो द्वारको सबैभन्दा माथि धनुष लिएका भगवान् रामको प्रतिमा रहने छ भने तीनवटा पिलरमा शहीदहरुको प्रतिमा र सिंगो द्वार धनुष आकृतिको बनाइएको छ । सो गेटको दुबै किनारामा राखिने मधेशआन्दोलनमा सम्पूर्ण शहीदहरुको प्रतिमाहरु बनाउने काम तीव्र रुपमा भइरहेको र केही दिनभित्रै प्रतिमा स्थापना गरिसक्ने उनले बताए ।

जनकपुरधाम प्रबेश गर्ने मूल बाटोमा निर्माण भइरहेको धनुष आकारको गेटले नगरक्षेत्रको सौन्दर्य बढ्नुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने नगरप्रमुख साहको विश्वास छ । आफू निर्वाचित भएदेखि नै नगरको मुहार फेर्ने अभियानमा लागेकाले यति छोटो अबधिमै जनताले विकासको अनुभूति गर्न थालेको उनको भनाइ छ ।

‘चार वर्षभित्र उपमहानगरपालिकामा धेरै परिवर्तन भएको छ’, नगरप्रमुख साहले भने, ‘४०-५० किलोमीटर सडक बिस्तार, फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, मन्दिरसम्म जाने सहज र फराकिलो बाटो निर्माण, ग्रामिण क्षेत्रका वार्डहरुमा खुला नालामुक्त अभियान चलाएर ८० प्रतिशत क्षेत्रमा अन्डरग्राउण्ड नाला बनाएर पीसीसी ढलान गरेका छौं।’

जनकपुरधामको मूल प्रवेशद्वार जलेश्वर भिठामोड, जटही, कदम चोक, धुनुषा पथ, कुर्था, कपलेश्वर मौआहा, सीता चौक, भ्रमपुरालगायत स्थानबाट प्रवेश गर्ने सडकमा निर्माण ठेकेदारसँगको समन्वयमा ठूलो गाडी सहज प्रवेश गर्न र निस्किन सकिने १६ मीटर चौडाको सडक बिस्तार गरिएको नगरप्रमुख साहको भनाइ छ ।

यी सडक बिस्तारको ठेक्का पाएको निर्माण व्यवसायीले करिब ८० प्रतिशत काम सम्पन्न गरिसकेको उपमहानगरपालिकाले जनाएको छ । केही बर्षअघि सम्म अतिक्रमित र जीर्ण रहेको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला कालोपत्र भएका छन् । जसका कारण पछिल्लो समय जनकपुरधामको बजार क्षेत्रको स्वरुप समेत फेरिएको छ ।

अतिक्रमण र जीर्ण रहेका नगरक्षेत्रका अधिकांश मुख्य तथा सहायक सडकहरु यतिबेला स्तरोन्नतिसँगै कालोपत्र भएपछि यहाँको स्वरुप फेरिएको स्थानीयवासी बताउँछन् ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा खुल्यो याडियाको आधिकारिक शोरूम,विद्युतीय स्कुटर र मोटरसाइकल उपलब्ध

जनकपुरधाममा खुल्यो याडियाको आधिकारिक शोरूम,विद्युतीय स्कुटर र मोटरसाइकल उपलब्ध

हत्या आरोपीसँग हतियार प्रदर्शन गर्दै टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

हत्या आरोपीसँग हतियार प्रदर्शन गर्दै टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

मटिहानीमा बडादशैँको सुरुवातसँगै भव्य शान्ति कलश शोभायात्रा

मटिहानीमा बडादशैँको सुरुवातसँगै भव्य शान्ति कलश शोभायात्रा

जनकपुरधामका शक्तिपीठमा घटस्थापनासँगै भक्तजनको घुइँचो

जनकपुरधामका शक्तिपीठमा घटस्थापनासँगै भक्तजनको घुइँचो

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

सरकारी बेवास्ताले थलिँदै जनकपुरको प्रादेशिक अस्पताल, थप बेड र आइसीयू आवश्यक

सरकारी बेवास्ताले थलिँदै जनकपुरको प्रादेशिक अस्पताल, थप बेड र आइसीयू आवश्यक

जनकपुरधाममा राम युवा कमिटीको दुर्गा पूजा तयारी अन्तिम चरणमा

जनकपुरधाममा राम युवा कमिटीको दुर्गा पूजा तयारी अन्तिम चरणमा

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना

कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?

कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि