जनकपुरधाम/माघ २१ गते। हावाहुरीका कारण मधेस प्रदेशमा तीन जनाको मृ त्यु भएको छ । हावाहुरीले रुख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृ त्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
धनुषाको सबैला नगरपालिका १२ फकिरचन्द उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको रुख ढल्दा आठ वर्षीया प्रतिमाकुमारी सदा र सात वर्षीय अरबन्दी सदाको मृ त्यु भएको प्रहरीले जनाएको छ । हावाहुरीले रुख ढल्दा दुवै जनाको मृ त्यु भएको हो ।
यस्तै रौतहटको बौधीमाई नगरपालिका १ मा इँटाको घर ढल्दा ४५ वर्षीया फुलमती देवीको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यसैबीच तीव्र हावाहुरीका कारण मधेस प्रदेश सभाको वार्षिकोत्सव समारोहसमेत स्थगित भएको छ ।हावाहुरीले त्रिपाल र मञ्चमासमेत क्षति पुर्याएकाे थियो । वार्षिकोत्सव समारोहका लागि जनकपुरमा रहेको प्रदेश सभा परिसरमा तयार पारिएको पन्डाल र टेन्ट उडाएपछि कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार प्रभाकर सिंहले जानकारी दिनुभयो । File photo




















Discussion about this post