nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

एक महिलालाई सामूहिक क रणी गरेको आरोपमा होटल सञ्चालकसहित ३ जना प क्राउ,यसरी घटेको थियो घट्ना

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १५, २०७८, ७:१७ मध्यान्ह
एक महिलालाई सामूहिक क रणी गरेको आरोपमा होटल सञ्चालकसहित ३ जना प क्राउ,यसरी घटेको थियो घट्ना

माघ १५ गते । एक महिलालाई सामूहिक क रणी गरेको आरोपमा होटल सञ्चालकसहित ३ जनालाई प्रहरीले प क्राउ गरेको छ।मोरङको सुन्दरहरैंचा नगरपालिका-४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमिली होटलमा ३५ वर्षीय महिलामाथि क रणी गरेको आरोपमा उनीहरूलाई प्रहरीले प क्राउ गरेको हो।

प क्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका-४ बलिया चोकका होटल सञ्चालक ३५ वर्षीय अर्जुनकुमार श्रेष्ठ, सोही स्थानका २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका-३ का २५ वर्षीय रामबहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन्।

गत माघ ७ गते साँझ पीडित महिला इटहरीबाट बहिनीको घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट बहिनीको घर पुर्‍याइदिन्छु भनि गाडीमा चढाएर उक्त होटलमा लगी क रणी गरेको खुल्न आएको छ।

गत माघ ८ गते शनिबार उक्त घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले होटल सञ्चालक अर्जुनकुमार श्रेष्ठ र सुरज श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो।

घटनापछि फ रार रहेका रामबहादुर नेपाली भनिने सुधान्सु दर्जीलाई भने गत ११ गते इलाम सूर्योदय नगरपालिका-१२ तीनघरेबाट प्रहरीले प क्राउ गरेको हो। प क्राउ परेका तीनै जनाविरुद्ध कर णी मुद्दामा म्याद थपेर अनुसन्धान अगाडि बढाएको मोरङ प्रहरीले प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।

घटना यस्तो थियो !

३० वर्षकी एक महिलाले इटहरीस्थित एक घरमा शुक्रबारदेखि काम गर्न थालिन्। साँझ मोरङको सुन्दरहरैंचा नगरपालिका गछियास्थित बहिनीको घर जाँदै थिइन्। गछिया खोला पुलनजिक ओर्लिएर एक युवकलाई उनले ‘लोकेसन’ सोधिन्। ती युवकले बहिनीको घर पु्र्याइदिने भनी गाडीमा राखेर लगे। तर, झुक्याएर होटलमा पु्र्याई राति तीन जनाले बला त्कार गरेको खुलेको छ।

उक्त घटनामा संलग्न रहेको आरोपमा ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ २७ वर्षीय मनोज श्रेष्ठ र प्रत्यक्षदर्शी भनिएकी आरती श्रेष्ठ प क्राउ परेका छन्। झापा घर बताउने रामबहादुर नेपाली फरार छन्। सुन्दरहरैंचा–४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमिली लजका सञ्चालक हुन् अर्जुन। उनी र आरती भने पीडितलाई लिएर उपचार गर्न शनिबार विराटनगर आएका थिए। त्यही बेला उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मञ्जिल मुकारुङले बताए।

आरती त्यही होटलकी कामदार भएको खुलेको छ। उक्त घटनाबारे बेलैमा प्रहरीलाई जानकारी नदिएको, पीडित र उनका आफन्तलाई दुव्र्यवहार गरेको पाइएको डीएसपी मुकारुङले बताए। ‘होटलको एउटा कोठामा थुनेर रातभर महिलालाई तीन जनाले पालैपालो बला त्कार गरेको खुलेको छ’, मुकारुङले भने, ‘प्रहरीले घटनाका बारेमा शनिबार दिउँसो १ बजेतिर मात्रै थाहा पायो।’

अत्यधिक रक्त स्रावका कारण पीडितको अवस्था गम्भीर छ। उनी राम्ररी बोल्न सक्दिनन्। उनलाई कोसी अस्पतालमा भर्ना गरिएको छ। अस्पतालकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रिभा केसीले रक्त स्राव रोक्ने प्रयास जारी रहेको बताइन्। ‘रक्तस्राव अत्यधिक भइरहेको छ। रगत धेरै बगेका कारण रक्तचाप पनि निक्कै कम भएर गयो,’ उनले भनिन्, ‘पीडितको उपचारमा कुनै कमजोरी हुन नदिन सक्दो प्रयास गरिरहेका छौं। अवस्था निक्कै गम्भीर छ।’

डा. केसीका अनुसार पीडित महिलाको यौ नअंग क्षतिविक्षत छ। शरीरका विभिन्न भागमा पनि चोटपटक छ। ‘यौ नअंगमा ठूलो असर पुगेका कारण सिलाइ गर्नुपर्ने हुन सक्छ,’ उनले भनिन्, ‘अरू थप समस्याका विषयमा परीक्षण गरेर रिपोर्ट आइसकेपछि मात्रै थाहा हुन्छ।’

पीडितका ४ वर्ष र १७ महिनाका दुई छोरी छन्। आफन्तका अनुसार पहाडबाट पीडित महिला परिवारसहित गत असोजमा बेलबारी बसाइँ आएकी हुन्। पीडितको आर्थिक अवस्था कमजोर छ। उनी नाबालिका छोरीलाई बहिनीको जिम्मा लगाएर काममा जान थालेकी थिइन्। बहिनीको घर जान खोज्दा आरोपितले प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर होटल पु्र्याएको पाइएको छ।

‘विभिन्न ठाउँमा घुमाउँदै ती युवाले साँझ ७ बजेतिर महिलालाई होटलमा पु्र्याएछन्। एकछिनमा बहिनीको घर पु्र्याइदिन्छु भन्दै केही खान दिएर राखेको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘खानेकुरा दिएपछि महिला बेहोस भइछन्। बेहोस बनाउने वस्तु खान दिएर र सुँघाएर होटलको कोठामा लगेर तीन जनाले नै पालैपालो बलात्कार गरेको खुलेको छ।’

सुरुमा गाडीमा राखेर लैजाने युवकले, पछि अर्जुन र मनोजले बला त्कार गरेको प्रहरीले जनाएको छ। डीएसपी मुकारुङका अनुसार ती महिला मध्यराति १२ बजेतिर चिच्याइछन्। ‘प्रतिकार गर्दा कु टपि टसमेत गरेको खुल्यो,’ उनले भने, ‘अर्जुनले हातै हालेर यौ नांग क्षतिविक्षत बनाइदिएको खुल्यो।’

घटनाबारे आफूले शनिबार बिहान ८ बजेतिर थाहा पाएको पीडितकी बहिनीले बताइन्। ‘रातभरको पीडाले दिदी बेहोस हुनुभएछ। बिहान ८ बजेतिर ब्युँझिएपछि होटलमा राखेर मलाई बला त्कार गरे भन्दै फोन गर्नुभयो,’ उनले भनिन्, ‘घटना सुनेपछि म उक्त होटलमा पुगेँ। रगतको आहालमा डुबेको होटलको कोठा र ओछ्यानमा दिदीलाई अचेत अवस्थामा पाएँ।’

कोठा र ओछ्यान रक्ताम्य पाइएको उनले सुनाइन्। ‘दिदी त्यहीँ लडिरहेकी थिइन्। त्यस्तो अवस्था देखेपछि मैले केही सोच्नै सकिनँ। उपचारका लागि लैजान हारगुहार गरेँ,’ उनले भनिन्, ‘त्यसपछि होटल सञ्चालकका भाइ र होटलमा काम गर्ने युवती आएर ममाथि दुव्र्यवहार गर्न थाले। प्रहरीलाई खबर गर्छु भनेपछि गाडीमा राखेर उपचार गर्न लैजान तयार भए।’

उपचारमा ल्याउने क्रममा रगतले गाडीको सिट नै रक्ताम्य भएको उनले बताइन्। ‘गाडीमा पनि धेरै रक्तस्राव भयो। दिदीको अवस्था झन् बिग्रँदै गयो। उहाँ बोल्नै छाड्नुभयो। वान्ता पनि गर्नुभयो,’ बेडमा राखिएकी दिदीको अवस्था देखेर उनले रुँदै भनिन्, ‘जसोतसो अस्पताल ल्याएर भर्ना गरिएको छ। उपचार सुरु भए पनि अवस्था कस्तो हुन्छ भन्ने चिन्ता थपिएको छ।’

Tags: प्रदेश १ खबर

Discussion about this post

Related Posts

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!