माघ ११ गते । एक १५ वर्षीया बालिकालाई पटक-पटक बला त्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले एक युवकलाई प क्राउ गरेको छ ।
वीरगञ्ज महानरगरपालिका- २३ का २० वर्षीय भनु यादव भन्ने मुन्नाप्रसाद यालवले डरत्रास देखाई पीडित बालिकालाई पटक-पटक बला त्कार गरेको आरोपमा प्रहरीले प क्राउ गरेको हो ।
बालिकालाई डरत्रास देखाई अनुचित प्रभाव र दबाबमा पारी उनले आफ्नै घरमा लगेर पटक–पटक जब रजस्ती क रणी गरेको आरोप उनलाई लागेको छ । पछिल्लो पटक माघ ५ गते राति बालिकालाई वीरगञ्ज–१५ भिश्वा टोल स्थित साथीको कोठामा लगेर पुनः क रणी गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।
बालिकाको अभिभावकले माघ ९ गते दिएको जाहेरी दर्खास्तको आधारमा मुन्नालाई प क्राउ गरेर जर्ब जस्ती क रणी सम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
उनी विरुद्ध जब रजस्ती क रणी मुद्दामा पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















Discussion about this post