अरुण कुमार यादव/सप्तरी/पुस २६ गते । सप्तरीको रुपनी गाउँपालिका ६ तेरहौता स्थित इटा उद्योगको बन्डीवाल भत्कीदा आज एक जना महिला कामदाको मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ बस्ने ५० बर्षीय जतरी देबी सरदार रहेको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले बताए ।
बिशाल ईटा उद्योगमा काम गर्ने सरदार काचो ईटा पकाउनको लागी चाङ लगाउने क्रममा अचानक छेउको वाल भत्किन उनी च्यापिएको थियो ।
उपचारको लागी छिन्नमस्ता अस्पताल राजबिराजमा भर्ना गरेपनि उपचारको क्रममा मृ त्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै इटा उद्योगको बन्डीवाल भत्कीदा अग्नीसाईर कृष्ण सावरण गाउँपालिका ४ बस्ने ५० बर्षीय मंगल सदा र भारतको राबेरली मधुवन बस्ने ४० बर्षीय रमेस कुमार लौउदी घाइते भएका छन।
बिभिन्न भागमा चोटपटक लागी घाईते भएका उनी दुवै जनाको उपचारको लागी छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा उपचार भईरहेको प्रहरीले जनाएको छ। यता घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।















Discussion about this post