अरुण कुमार यादव /सप्तरी/पुस २१ गते। आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सवार गाडी आज दुर्घटना हुदा ६ जना घाइते भएका छन् ।

ज १ झ ४०६ नम्बरको गाडी सप्तरीको छिन्नमस्तना गाउँपालिका १ स्थित जोलहनिया पुल नजिक घुमाउने क्रममा दुर्घटना भएको प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।सप्तरीको छिन्नमस्ता गाउँपालिका– ६ मा एक महिनाअघि अज्ञात समूहबाट ह त्या गरिएका मुक्ति मण्डलको परिवारलाई भेटेर फर्किने क्रममा आज साँझ प्रदेश नंं २ का राज्यमन्त्री सवार गाडी दुर्घटना भएको हो ।

प्रहरी नायव उपरिक्षक काफलेका अनुसार गाडीमा सवार राज्यमन्त्री कर्ण, सप्तरीको खडक नगरपालिका ६ बस्ने ४० बर्षीय जयप्रकाश चौधरी, सोही नगरपालिकाको वडा नम्बर ८ बस्ने ४५ बर्षीय प्रथमलाल राम, राजविराज नगरपालिका बस्ने ३० बर्षीय ध्रुब मण्डल, गाडी चालक शम्भुनाथ नगरपालिका ६ बस्ने २५ बर्षीय विवेक मण्डल र राज्यमन्त्रीका सुरक्षा गार्ड तुलसीप्रसाद साह घाइते भएका छन् ।
घाइतेहरुको स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको र उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।















Discussion about this post