जनकपुरधाम/पुस २० गते। प्रहरीले लोकसेवा आयोग र रेल्वे कम्पनीको कर्मचारी भएको परिचय दिएर विभिन्न व्यक्तिलाई ठगेको आरोपमा एक जनालाई प क्राउ गरेको छ ।
प क्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका वडा नं-७ दनौली बनौली बस्ने बिमलेश चौधरीको छोरा वर्ष ३२ का सागर कान्त चौधरी रहेको छ।धनुषा प्रहरीले गत आईतबार जनकपुरधाम उप महानगरपालिका वडा नं-८ स्थित सीता प्यालेस होटल अगाडीबाट प क्राउ गरेको हो ।
नक्कली कागजात खडा गरी विभिन्न व्यक्तिलाई ठगिरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
उनको साथबाट प्रहरीले लोक सेवा आयोगको नियुक्ति नतिजा प्रकाशन शाखाको कागजात, नेपाल रेल्वे कम्पनी लिमिटेड कम्पनी लेखिएको पाना, नेपाल रेल्वे कम्पनी लिमिटेड संतोष रायको नामको नियुक्ति पत्र, रायकै नामको शपथ ग्रहण, नेपाल रेल्वे कम्पनी लिमिटेड शंकर यादवको नामको नियुक्ति पत्र र शपथ ग्रहण पाना, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको राजेश कापरको नामको दस्तखत भएको खाली चेक २ थान, पर्सा जिल्ला अदालत विरगंज लेखिएको रबर स्टाम्प छाप बरामद गरेको छ ।
उनले लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको नक्कली कागजात तयार गरी स्थानीय मानिसलाई ठगी गर्न यस्तो काम गरिरहेको बताएको प्रहरीको भनाइ छ ।
प क्राउ परेका उनीमाथि धनुषा जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुर मुद्दामा ७ दिनको म्याद गराइ अन्य अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post