nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

घाम झुल्केपछि महोत्तरीबासीलाई राहत

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १५, २०७८, ७:१४ मध्यान्ह
पाँच दिनको लगातारको झरीपछि महोत्तरीमा एकाबिहानै झलमल्ल घाम

महोत्तरी/पुस १५ गते। पछिल्ला दुई दिन सिमसिमे पानीसँगैको चिसो स्याँठले आहत खेपेका महोत्तरीवासीलाई आज बिहीवार एकाबिहानैको झलमल्ल घामले राहत दिएको छ ।

मङ्गलबार मध्यरातपछि छिनछिनमा पर्ने सिमसिमे पानी र त्योसँगै बहने चिसो स्याँठले आहत भएका सर्वसाधारणलाई आज बिहानै झुल्केको पारिलो घामले राहत दिएको हो । पारिलो घाम झुल्केसँगै अब चिसो अलि कम हुने सर्वसाधारणले आस पालेका छन् । “पुसमा जाडो भयो त के भन्नु ? यो महिना नै जाडोको हो, तर पछिल्ला दुई दिनको छिटफुटे पानी पराई र चिसो बतासले निकै अत्यायो”, जिल्लाको बर्दिबास नगरपालिका–२ बुद्धचोकका ६५ वर्षीय श्याम घले भन्नुहुन्छ, “आज भने बिहानै पारिलो घाम देखियो, अब मौसम सुध्रने आस जाग्यो ।” घाम देखिएपछि पछिल्ला दुई दिन घरमै गुजल्टिएर बसेका गरिब बस्तीमा पनि काममा निस्कने चहलपहल देखिएको छ ।

जिल्लाको उत्तरी भेगमा एकाबिहानै घाम देखिएपनि सुदूरदक्षिणी भेगमा भने आज पनि अबेरसम्म हुस्सु देखिएको छ । यद्यपि हुस्सुभित्रै घामका किरण देखिन थालेका हुँदा चिसो बतास चल्ने क्रम घटेर हिडडुल गर्न पाइने आस जागेको भारतसँगै सीमा जोडिएको जलेश्वर नगरपालिका–५ चौरिया बस्तीका ७० वर्षीय किसान रहिमन मण्डल बताउनुहुन्छ । जिल्लाको उत्तरीक्षेत्रमा झलमल्ल घाम लाग्दा पनि दक्षिणी भेगमा भने मङ्सिर मध्यदेखि नै हुस्सु लाग्दै आएको छ । दक्षिणतिर झुरमुट्ट (गुजुमुज्ज) बस्ती हुने, पतिङ्र र झुत्रा प्लाष्टिक बालेर घूर ताप्ने र पोखरी धेरै भएको हुँदा त्यसको वाष्पीकरणले हुस्सु बढी लाग्ने गरेको जलवायु क्षेत्रमा कार्यरत सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवासका अध्यक्ष नागदेव यादव बताउनुहुन्छ । यो सँगै विश्वव्यापी जलवायु परिवर्तनको असर मुख्य भएको उहाँको यादवको ठहर छ ।

पछिल्ला केही दिनयता मलिनो घाम लाग्ने र चिसो सिरेटो बहने क्रमले जाडो ह्वात्तै बढाएको थियो । यसैबीच पछिल्ला दुई दिन परेको सिमसिमे पानीले घर बाहिर निस्कन नसकेका वृद्धवृद्धा पनि आज घाम देखिएपछि जिउ तताउन बाहिर निस्केका छन् । एकाबिहानै घाम लागेसँगै महोत्तरीका सबैतिरजसो बजारु चहलपहल ह्वात्तै बढेको छ । पछिल्ला दुई दिन गोठमै बाँधिएका घरपालुवा पशुबस्तु आज घाम देखिएपछि फुकाइनासाथ पूmर्तिले उफ्रिएका छन् । सुध्रदो मौसमले पशुबस्तुलाई आहारा जुटाउन सजिलो भएको किसानको भनाइ छ ।

झलमल्ल घाम देखिएपछि सबैभन्दा बढी राहत पराले झुप्रा बस्तीका गरिबले महसुस गरेका छन् । गरिबीले खाने÷ लाउने चाँजो नमिल्दा सबै कुरामा प्रकृतिमाथि निर्भर भएका आपूmहरुको दुःख ईश्वरले नै बुझेर घाम भुल्काइ दिएका भङ्गाहा–४ रामनगर मुसहरीटोलका अगुवा ६५ वर्षीय जुगला सादा बताउनुहुन्छ ।

भोकै छटपटिने, चिसोले ज्यान लिने र अभावमा खुट्टा टेकेर उभिनु पर्ने सबै हाम्रा जिम्माका कुरा हुन् भन्ने लाग्छ”, उहाँ भन्नुहुन्छ, “हामी गरिब ईश्वरले चाँजो मिलाए बाँच्नेसम्म मात्रका हौं ।” भगवान (सूर्य) उदाउनु भएपछि बनीबुतो गर्न निस्कन पाइन्छ भन्ने लागेको सादाको भनाइ छ । पहिले आफ्नो गरिबीप्रति कतै गुनासो नगर्ने मुसहर अब भने राज्यका निकायबाट उपेक्षित हुनु परेको बुझ्न र भन्न थालेका छन् । ‘हामीलाई हेर्ने को छ र ?’ भन्ने जुगलाको व्यथा राज्यका निकायप्रतिकै व्यङ्ग भएको भङ्गाहा–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहालको भनाइ छ ।-रासस

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

ऊर्जा मन्त्रालयका एकीकृत डिभिजन कार्यालय सञ्चालन

ऊर्जा मन्त्रालयका एकीकृत डिभिजन कार्यालय सञ्चालन

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि