सप्तरी/ पुस १२ गते। सप्तरीकाे छिन्नमस्ता गाउँपालिका-१ बरहीकी एक महिलाको घाँटी रे टेर ह त्या गरिएको छ। स्थानीय ५० वर्षीया भुटानीदेवी यादवकाे सोमबार बिहान घाँटी रे टी ह त्या गरिएकाे हो।
बिहान घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला खेतमा हत्या गरिएको अवस्थामा श व फेला परेको स्थानीयले बताए । उनकाे कसले के कारणले ह त्या गरेको भन्ने रहस्य खुल्न सकेको छैन।

आज बिहान उनको श व ह त्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । स्थानीयहरुले भुटनिको टाउकोमा बियरको बोतलले हानेर ह त्या गरेको हुन सक्ने अनुमान गरेका छन् ।
घटना स्थलमा तीन वटा बियरको बोतल मध्ये दुईवटा फुटेको र एउटा फालिएको अवस्थामा फेला परेको छ ।
भुटनिलाई हत्याराहरुले लछार पछार गरि उनले लगाएको नाकको फुल सहित अन्य गरगहना पनि लुटेको पिडितका परिवारजनले जनाएका छन् । भुटनी दुध बेचेर गुजारा गर्दै आइरहेकी थिइन् ।
तीन साता अगाडि मात्रै छिन्नमस्ता-६ को एक वृद्धको घाँटी रे टेर ह त्या गरिएको थियोे । उनको अपराधी पत्ता लाग्न नपाउँदै पुनः सोही प्रकृतिको अर्को घटना दोहोरिएको स्थानीय कृष्णा मण्डलले बताए।
सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले विज्ञ टोली बोलाएर घटनाको अनुसन्धान भइरहेको बताए । यसअघि ह त्या गरिएको वृद्धको घटना पनि अनुसन्धान क्रममा रहेको काफ्ले बताए।















Discussion about this post