nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ढलेको सीमास्तम्भमा लुगा धुन्छन् भारतीय

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १०, २०७८, ९:१३ मध्यान्ह
ढलेको सीमास्तम्भमा लुगा धुन्छन् भारतीय

ef/t;Fu ;Ldf hf]l8Psf] emfkfsf] uf}/Lu~h ufpFkflnsf j8f gDa/ $ afx|;'bLdf b'O{ jif{ cl3 uf}l/of vf]nfsf] af9Ln] 9n]sf] !$(÷@$ gDa/sf] ;Ldf:tDedf a;]/ n'uf w'Fb} ef/tLo gful/s . ;Ldf:tDe p7fpg] kxn x'g ;s]sf] 5}g . t:jL/ M rGb|snf e08f/L

पुस १० गते । गौरीगञ्जमा भारतसँग सिमाना जोडिएको गौरिया खोलामा एउटा सीमास्तम्भ बाढीले पुरिएको दुई वर्ष बितिसक्दासमेत उठाउन पहल भएको छैन ।

गौरीगञ्ज गाउँपालिका–४ बाह्रसुदीमा रहेको १४९ शृङ्खलाको २४ नम्बर सीमास्तम्भ २०७६ सालको बर्खा याममा गौरिया खोलाको बाढीले ढलेको थियो । बाढीले ढलेको सीमास्तम्भ गत वर्षायामको बाढीले झन् पुरिएको छ ।

पानीको सतहमाथि सीमास्तम्भको अलिकति मात्र भाग देखिन्छ । त्यसमाथि बसेर भारतीय नागरिकले लुगा धुने काम गर्दै आएका छन् । ढलेको सीमास्तम्भ बालुवाले पुरिँदै गएको हुँदा यसको तत्काल मर्मतसम्भार गर्न आवश्यक देखिएको छ ।

सो स्थानको नजिक नेपालतिर मुसहर बस्तीका रुपमा चिनिएको बाह्रसुदी गाउँ छ भने भारततिर किशनगञ्ज जिल्लाको खनियावाद छ । एक किलोमिटर उत्तरमा नेपाल र भारत दुवैतर्फका सुरक्षा पोस्ट छन् ।

बाढीले सीमास्तम्भ ढालेका बेला नै स्थानीय सञ्चारमाध्यमले यसको समाचार प्रकाशित गरेका थिए । त्यसबेला दुवै देशका सीमा सुरक्षा हेर्ने सुरक्षाकर्मी र प्रशासनका अधिकारी ढलेको सीमास्तम्भको निरीक्षणमा आएको स्थानीय कोचिला न्यूज अनलाइनका सम्पादक आत्माराम राजवंशी बताउँछन् ।

‘सीमा जस्तो संवेदनशील विषयमा दुवै देशको प्रशासनिक निकायले बेलैमा ध्यान नपुर्‍याएको देख्दा आश्चर्य लाग्छ’, गौरीगञ्जका बासिन्दासमेत रहेका राजवंशीले भने, ‘ढलेको सीमा पिलर तत्काल उठाउनु पर्छ, पुरानै अवस्थामा राख्न मर्मतसम्भार गरिनुपर्छ, नत्र आउँदो बाढीले बगायो भने विवाद निम्तिन सक्छ ।’

एक वर्षअघि आउँदा ढलेको सीमास्तम्भको केही भाग पानीको सतहभन्दा निकै माथि देखेको जनाउँदै उनले अहिले बाढीले झन् क्षति पुर्‍याएका कारण सीमास्तम्भ बालुवाभित्र पुरिन थालेको बताए ।

नेपाल तथा भारतबीचको सीमा खुला र सहज छ । दुवै देशका बासिन्दाको आवतजावत निर्वाध चल्ने गरेको छ । किनमेलका लागि नेपाली भारततिर जाने गरेका छन् । तथापि सीमास्तम्भमा बसेर लुगा धुने कार्यले भने सीमाको संवेदनशीलतालाई बेवास्ता गरेको जस्तो भान हुने गरेको स्थानीयवासीको भनाइ छ ।

ढलेको सीमास्तम्भदेखि करिब ५० मिटर उत्तरतिर ३३ पीपी लेखिएको जङ्गे सीमास्तम्भ छ । छ फिटभन्दा अग्लो जङ्गे सीमास्तम्भको वरिपरि दलित मुसहर समुदायलगायत ४० परिवार बसोबास गर्छन् ।

उनीहरुको बसोबासले जङ्गे सीमास्तम्भको सुरक्षा भएको छ । स्तम्भ वरिपरिका घर हटाउन भारतीय सीमा सुरक्षा बलले बारम्बार दबाब दिए पनि आफूहरुले नटेरेको स्थानीय ७० वर्षीय सुन्दर ऋषिदेव बताउँछन् । उनले खोलाले पुरेको १४९/२४ नम्बरको सीमास्तम्भ छिटो मर्मत गरेर पहिलाको जस्तै उभ्याउने पहल गर्न नेपाल सरकारलाई सुझाव दिए ।

सीमाको रक्षक बनेर वर्षौंदेखि बसोबास गर्दै आएका अधिकांश स्थानीय नेपाली बासिन्दाले जग्गाको धनीपूर्जा र नागरिकता पाउन सकेका छैनन् । सीमा रक्षाका लागि डटेर बसेका सीमा क्षेत्रका नेपालीलाई सम्मान गर्नुको साटो नागरिकतासमेत नदिएर अनागरिकको जस्तो व्यवहार गरिएकामा स्थानीयवासीको गुनासो छ ।

सरकारी तथ्याङ्कअनुसार झापामा ९८८ सीमास्तम्भ रहेका छन् । तीमध्ये ६० वटा विभिन्न कारणले ढलेका छन् । दुई सयभन्दा बढी मर्मत गर्नुपर्ने अवस्थामा रहेका छन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले कोरोनाका कारण दुई वर्षदेखि सीमामा ढलेका तथा नदीले बगाएका पिलरको मर्मतसम्भार हुन नसकेको बताए ।

उनले यसको मर्मतसम्भारका लागि ‘फिल्ड सर्भे टिम’ रहे पनि कोभिडका कारण काम गर्न नसकेको जनाउँदै भने, ‘गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छु ।’ भारत र नेपालका उच्च अधिकारीको बैठक र छलफलपछि मात्र ढलेका सीमा पिलरको मर्मतसम्भार अघि बढाउन सकिने हुँदा सोको पहल भइरहेको उनको भनाइ छ ।

गत वर्ष वर्षाका कारण १९ र यस वर्ष १२ वटा स्तम्भ ढलेको प्रजिअ तिम्सिनाले बताए ।-रासस

Tags: प्रदेश १ खबर

Discussion about this post

Related Posts

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!