जनकपुरधाम/पुस १० गते। जनकपुरधाममा १४ महिने बालकको अपहरण गरेको आरोपमा एक भारतीय युवक प क्राउ परेका छन् ।
प क्राउ पर्नेमा भारत बिहारस्थित सितामढी ग्राम पञ्चायत बाजपट्टी १० घर भई धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ मा पर्ने पुलचोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको धनुषा प्रहरीले जनाएको छ ।
बुधवार साँझ अन्दाजी ७ बजे जनकपुरधाम उपमहानगरपलिका १७ स्थित मनहरपुर बस्ने रासलाल मुखियाको घर अगाडिको सा र्वजनिक बाटोबाट उनका १४ महिने छोरा कृष्ण मुखिया हराएका थिए । त्यसलगत्तै रासलालले धनुषा प्रहरीमा जानकारी गराएका थिए ।
प्रहरी टोलीले ठाकुरलाई बच्चा लिएर भाग्दै गरेको अवस्थामा बिहीवार अपरान्ह् नगराइनबाट नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।
बच्चालाई उद्धार गरेको र ठाकुरलाई पक्राउ गरी प्रहरीले हिरासतमा राखेको छ । धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले घटना विषयमा थप अनुसन्धान भइरहेको बताएका छन् ।














Discussion about this post