सप्तरी/पुस ६ गते।सप्तरीमा पोखरीमा माछाको चारो हाल्न गएका पुरुषको डुबेर मृ त्यु भएको छ ।
अग्निसाईर कृष्ण सवरण गाउँपालिका वडा नं. २ ईटहर्वाका ५२ वर्षीय बाबु नन्द चौधरीको पोखरीमा डुबेर मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
सोमबार साँझ करिब ५ बजे आफ्नो निजी पोखरीमा माछाको चारो हाल्न गएका चौधरी घर नफर्केपछि आफन्तजनहरुले सोही दिन देखि खोज्दै गर्दा आज विहान करिब साढे ८ बजे उनको चप्पल पोखरीको डिलमा फेला परेको थियो ।
चप्पल फेला परेकाले स्थानियहरुले पोखरीको पानीमा जाल लगाई खोजतलास गर्दा चौधरीको श व फेला परेको खबर स्थानियहरुले प्रहरीलाई दिएो जिप्रका सप्तरीले जनाएको छ ।
श वको कानुन बमोजिम मुचुल्का गरी पोस्टमार्टम भएपश्चात थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।















Discussion about this post