nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

२२ वर्षपछि पुनः सञ्चालनमा आउँदै जनकपुर चुरोट कारखाना

सजिलो पोस्ट सजिलो पोस्ट
पुस ५, २०७८, ९:२५ मध्यान्ह
२२ वर्षपछि पुनः सञ्चालनमा आउँदै जनकपुर चुरोट कारखाना

जनकपुरधाम/पुस ५ गते । २२ वर्षदेखि बन्द सरकारी स्वामित्वको कम्पनी जनकपुर चुरोट कारखाना (जचुकाली) पुनस् संचालनमा ल्याइने भएको छ । त्यसका लागि आवश्यक अध्ययन गर्न अर्थमन्त्रालयले समिति बनाएको छ ।

कारखाना संचालनका लागि अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेको उद्योग मन्त्रालय, सरकारी उद्योग तथा संस्थान शाखाका प्रमुख गिरीराज ज्ञवालीले जानकारी दिए ।

पूरै बन्द गर्ने की पुन: चलाउने भन्ने निर्णय समितिले दिनुपर्ने भएपनि अर्थमन्त्रालय सकारात्मक भएकाले ब्युँताउन लागिएको उनको भनाइ छ ।

उद्योग मन्त्रालयकी सहसचिव चन्द्राकला पौडेलको संयोजकत्वमा रमेश केशी सदस्य र गगनबहादुर विश्वकर्मा सदस्यसचिव रहने गरी अध्ययन समिति गठन गरिएको छ । समितिले तत्काल संचालन गर्न अध्ययन गर्ने र त्यसका लागि अनुमानित लागतसमेत तयार पार्नेछ ।

यस कारखानाबाट सुरूमा वार्षिक २ अर्ब खिल्ली चुरोटको उत्पादन गरिन्थ्यो । विशेषगरी देउराली, याक र गैँडा उत्पादन गर्ने यस कारखानामा सुरूआतमा ३ सय ६६ जनाले रोजगारी पाएका थिए ।

यही पुस २५ गते कम्पनीको साधारणसभा बोलाइएको छ । संचालक समितिको पुस २ गतेको बैठकले २०५६/५७ देखि आर्थिक वर्ष २०७६/७७ सम्मको विषयहरू पारित गर्ने र नयाँ विषयहरू पारित गर्न साधारणसभा आव्हान गरिएको कम्पनीका लागि मन्त्रालयले तोकेको प्रतिनिधि लीलाराज काफ्लेले बताए ।

साधारणसभापछि कम्पनी अद्यावधिक गरी काम अघि बढाइने समेत उनको भनाइ छ । हाल अध्यक्षरमहाप्रबन्धक दुवैको जिम्मेवारी सरकारले सहसचिव चन्द्राकला पौडेललाई तोकिएको छ ।

२०५७ सालबाट चुरोटको उत्पादन बन्द भएपछि सात वर्षसम्म सरकारले कर्मचारीलाई सेवासुविधा दिँदै आएको थियो । त्यसपछि बन्द छ । अझैपनि व्यापारीहरूको धरौटी फिर्ता दिनु पर्ने र बजारबाट चुरोट बिक्रीको रकम उठ्न बाँकी रहेको काफ्लेले बताए ।

कामबिनाका कर्मचारीलाई पाल्न राज्यलाई भार हुने भन्दै सरकारले २०७० सालमा कारखाना तत्काललाई बन्द गर्ने निर्णय गरेको थियो ।

अर्थमन्त्रालयको तथ्यांकअनुसार २०७४ सालसम्म कम्पनीलाई दुई अर्ब ९१ करोड २६ लाख ३७ हजार ७७ रूपैयाँ नोक्सानी भएको छ ।

जनकपुर चुरोट कारखाना लिमिटेडको सञ्चालन एवं व्यवस्थापन सुधार गर्न सरकारले सहसचिव रमेश स्थापितको संयोजकत्वमा २०६८ साउन २२ गते अध्ययन कार्य टोली गठन गर्‍यो ।

तर, कार्यान्वयन भएन । तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पनि कम्पनी ब्युँताउने निर्णय गरेका थिए ।

कारखानाको आठ अर्बभन्दा बढी सम्पत्ति छ । हाल कारखानासँगै रहेको ३३ बिघा ९ कठ्ठा जग्गा र भौतिक संरचना जिल्ला प्रशासन कार्यालय, धनुषाको मातहत सारिएको छ ।

सोभियत संघको अनुदान तथा तत्कालीन अर्थमन्त्री रामनारायण मिश्रको प्रयासबाट २०१७ सालमा जनकपुर चुरोट कारखाना लिमिटेड स्थापना गरिएको थियो । २०२१ साल पुस २९ गते तत्कालीन राजा महेन्द्रले यसको उद्घाटन गरेका थिए ।

बजार माग बढेसँगै २०४४ सालमा उत्पादन बढेसँगै कर्मचारी संख्या थपेर ४ हजार ७०० पुर्‍याइएको थियो । तर, २०४६ सालपछि राजनीतिक हस्तक्षेप बढेसँगै कारखाना घाटातर्फ जान थाल्यो ।

उद्योगमन्त्रालयका अनुसार धनुषा, महोत्तरी, विराटनगर, उदयपुर, वीरगन्ज, पोखरा, नारायणघाट, नेपालगन्ज, सुर्खेत, दीपायल, सिन्धुली र धनगढीलगायत नेपालभर २६ स्थानमा रहेका कारखानाको अर्बौंको सम्पत्ति बेवारिसे अवस्थामा छ ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि