सिरहा/पुस ५ गते।सिरहाको गोलबजारमा अबरूद्ध पूर्वपश्चिम राजमार्ग बल प्रयोग गरेर खुलाउन खोज्दा प्रहरी र आन्दोलनकारीबीच झ डप भएको छ ।
झडपमा गोलबजार नगरपालिका ६ की अन्दाजी ३० वर्षीया समलिया सदायसहित केहि आन्दोलनकारी र प्रहरी घाइते भएका छन् । समलियाको उपचार गोलबजारकै भुमिजा अस्पतालमा भइरहेको छ । झडपपछि आन्दोलन उग्ररुप लिएको छ ।
शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरे अझ सशक्त आन्दोलन गर्ने चेतावनी आन्दोलनकारीले दिएका छन् । आन्दोलनकारीले प्रहरीलाई लखेटेर भगाएका हुन् ।
गोलबजार नगरपालिका ६ डोहटियामा छुरा प्रहार गर्दा २६ वर्षीय रामकुमार सदायको मृत्यू भएको थियो । उक्त घटनामा संलग्नलाई पक्राउ नगरेको भन्दै त्यहांका बासिन्दा राजमार्ग अबरूद्ध पारेर आन्दोलन गरिरहेका छन् ।

















Discussion about this post