सप्तरी/पुस ४ गते।सप्तरीमा करेन्ट लागेर एकजनाको मृ त्यु भएको छ ।
सप्तरीको सुरुङगा नगरपालिका वडा नं. २ हर्दिया बस्ने २७ वर्षीय शिव कुमार ठाकुरको करेन्ट लागेर मृ त्यु भएको हो ।
सोही नगरपालिका वडा नं. ४ बिरनगर गाउँ टोल बस्ने ससुरा भोला ठाकुरको घरमा पाहुना गएको बेला विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर ठाकुरको म त्युु भएको प्रहरीले जनाएको छ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि रा.उ.स्मारक अस्पताल लहान सिराहातर्फ लैजाने क्रममा बाटोमै मृ त्यु भएको हो ।
यता सो सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान कार्य थालेको सप्तरी प्रहरीले जनाएको छ ।















Discussion about this post