nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

समृद्ध राष्ट्र निर्माणका लागि तीनै तहका सरकारको सहकार्य जरुरी : मन्त्री झाँक्री

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २९, २०७८, ८:४८ मध्यान्ह
समृद्ध राष्ट्र निर्माणका लागि तीनै तहका सरकारको सहकार्य जरुरी : मन्त्री झाँक्री

अजय कुमार झा/जनकपुरधाम/मंसिर २९ गते । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले १५ औँ योजनाले निर्धारण गरेको “सुखी नेपाली समृद्ध राष्ट्र” को निर्माणका लागि सबै तहका सरकारले एक ढिक्का भएर कामकाज गरे मौलिक रूपमा कार्यान्वयन गर्न सकिने बताउनु भएको छ ।

मन्त्री झाँक्रीले प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश मेडिकल स्टोर र कोभिड–१९ खोप भण्डारण गृहको आज जनकपुरधाममा शिलान्यास गर्दै सो कुरा बताउनुभएको हो ।

उहाँले वर्तमान संविधानले निर्धारण गरेको मौलिक हकहरूको कार्यान्वयन गर्नका लागि सबै तहका सरकारलाई संविधानले नै क्षेत्राधिकार तथा काम कर्तव्य अधिकार तोकेकाले सोही अनुसार इमान्दार प्रयास भएको खण्डमा मुलुकलाई चाडै समृद्धिको बाटोमा लान सकिने बताउनुभयो ।

शहरी विकास मन्त्री झाँक्रीले घर विहीन नागरिकहरूलाई आवासको सुविधा प्रदान गर्नका लागि जनता आवास कार्यक्रम अन्तर्गत बनिरहेको घर निर्माणमा तीनै तहका सरकारको अझ बढी सक्रियता देखाएर तीव्रता दिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले जनकपुरधामको फोहर व्यवस्थापन, बस पार्कको निर्माण, सुविधा सम्पन्न कारागारको निर्माण महेन्द्रनारायण निधि सभागृहको सञ्चालन अहिलेको सरकारको प्राथमिकतामा रहेकाले सहकार्यका लागि हात बढाउन सबैसँग आग्रह गर्नुभयो ।

मन्त्री झाँक्रीले जनताको स्वास्थ्य सम्बन्धी अधिकारको सुनिश्चितताका लागि शिलान्यास गरिएका संरचनाहरूको निर्माणले मद्दत पुग्ने भएकाले समयमा नै निर्माण सम्पन्न गर्नका लागि निर्माण व्यवसायीलाई आग्रह गर्नु भयो ।

प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश, स्थानीय तथा सङ्घीय सरकारका बीचमा जून प्रकारले सहकार्य हुनु पर्दथ्यो त्यो अनुसार नभएको कारणले विकास निर्माणका कामकाजले गति नलिएको बताउनुभयो ।

उहाँले निर्माण हुन लागेको संरचनाको निक्कै ठुलो महत्त्व भएको बताउँदै यसको निर्माणले विगतमा कोरोनाका समयमा प्रदेशवासीले भोग्दै आएको पिडामा कमी आउने विश्वास व्यक्त गर्नु भयो ।

मुख्यमन्त्री राउतले निर्माण व्यवसायीहरूले घटीमा ठेक्का कबोल गरेर समयमा निर्माण गर्ने प्रवृत्ति विगतमा देखिएकाले यो संवेदनशील विषयको निर्माणमा त्यसो नगर्नका लागि आग्रह गर्नुभयो ।

प्रदेश नंं २ का सामाजिक विकास मन्त्री नबल किशोर साहले जनकपुरधाममा निर्माण हुन लागेको जनस्वास्थ्य प्रयोगशाला, मेडिकल स्टोर र खोप भण्डारणले मानवको जीवन रक्षामा ठुलो मद्दत गर्ने विश्वास व्यक्त गर्दै बस पार्कको निर्माण गर्नमा सहयोग गर्न मन्त्रीको ध्यानाकर्षण गर्नुभयो ।

प्रदेश नंं २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले जनकपुरधामको फोहर व्यवस्थापनका लागि व्यवस्थित फोहरको व्यवस्थापनमा सहयोगका लागि आग्रह गर्दै जनकपुरधाममा व्यवस्थित धर्मशाला, रङ्गभूमि मैदानको व्यवस्थापन र राम जानकी स्टेडियमको निर्माणमा विशेष ध्यान दिन सङ्घीय सरकारका मन्त्रीको ध्यानाकर्षण गर्नुभयो ।

शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा शहरी विकास विभागका महानिर्देशक पद्मम कुमार मैनाली, प्रदेश नंं २ को स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. प्रमोद कुमार यादव सहितका वक्ताहरूले बोल्नु भएको थियो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निर्माण भ्याट र कन्टीजेन्सी बाहेक ७ करोड, २७ लाख ३ हजार ९ सय २५ रुपैयाँमा २०८० साल वैशाख ९ गते सम्पन्न गर्ने सम्झौतामा उल्लेख रहेको छ ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

१७ जना डाक्टरको दर्ता खारेज

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!