सिरहा/मंसिर २८ गते।सिरहा जिल्लाको लाहान ७ मा रहेको जन कलयाण युबा कलब द्वारा लक्षमीपुर पतारी गाउँमा एक दिने आँखा तथा कान शिबिर आज सप्पन्न गरेको छ।

उक्त शिविर जन कलयाण युबा कलबले आयोजना गरेको थियोे भने नेपाल नेत्र ज्योती संघ र सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहयोग रहेको थियो।

आयोजित एक दिने आँखा तथा कान शिबिर लक्षमीपुर पतारी गाउँमा पर्ने श्री धमियाइन मा,बि महेशपुर -३ मा शिविर संचालन गरिएको थियो।
उक्त शिविरबाट ४२१ जनाले लाभ लिएका छ्न।आज संचालित शिविरमा आएर आँखा तथा कानका रोगहरुको उपचार र परामर्श लिएका छन।

शिविरमा आउने महिलाको संख्या २६० जना रहेक थियो भने पुरुषको संख्या १६१ जना थियो ।डाक्टरको अनुसार आज आएक व्यक्तिहरु मध्ये आँखाका रोगी धेरै रहेको थियो भने केही मात्र कानको रोगी रहेको थियो।

आँखाका रोगीहरुमा केहीमा समान्य र केहीमा मोतीयाबिन्दु रहेका थियो।मोतीयाबिन्दु भएका लाइ अपरेशन अस्पतालमा ल्याइ नि शुल्कमा गरिनेछ, अपरेशन गर्नुपर्ने बिरामीलाई ल्याब जाँच बापत ४०० रुपैयाँ मात्र लग्नेछ। सहयोगी निकाय गाउँ पालिका कार्यालय लक्षमीपुर पतारी र धमियाइन मा,बि महेशपुर -३ रहनु भएको थियो।

















Discussion about this post