रञ्जन भण्डारी/महोत्तरी/मंसिर २३ गते ।महोत्तरीमा सासु बुहारीको झ गडामा सासुको ज्या न गएको छ ।
मटिहानी नगरपालिका ७ निवासी विन्देश्वर खत्वेको श्रीमति ६० वर्षिया जगतारण देवीको उनकै कान्छा छोरा उमेश खत्वेका श्रीमती ३७ वर्षिया तेतरी देवी खत्वेले कु टेपछि मृ त्यु भएको हो ।
सासु र बुहारीबीच कु टाकु ट र झ गडा हुँदा बुहारीले सासुलाई कु टपि ट गरेकी छन् । कु टपि टबाट शरीरको विभिन्न भागमा चोट लागेको र लौरोले टाउकोमा समेत चोट लाग्दा उनको मृ त्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका कार्यालय प्रमुख एसपी दिनेश आचार्यले घटना वारे विहिवार बिहान ३ः३० बजे खबर आएकोमा सोहि बेला प्रहरी पुगि बुहारीलाई नियन्त्रणमा लिएको बताए ।
उनले मृत्युको यकिन कारण अहिले खुलिनसकेकोमा पोष्टमार्टम रिपोर्ट आएपछिमात्र केहि भन्न सकिने बताए ।यता श व पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाइएको छ ।














Discussion about this post