महोत्तरी/मंसिर २३ गते । जनकपुरधाममा आयोजित विवाहपञ्चमी मेला हेरेर घर फर्किने क्रममा महोत्तरीमा एकजनामाथि छु रा प्रहार भएको छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–९ गोठबनौली निवासी ३० वर्षिय बलराम रायमाथि छुरा प्रहार भएको हो । छु रा प्रहारबाट उनी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
जनकपुरधाममा आयोजित विवाहपञ्चमी मेला हेरेर घर फर्किने क्रममा बुधवार राति रायमाथि लोहारपटटी नगरपालिका–२ मध्यपुरा स्थित विग्ही पुलमा अज्ञात ब्यक्तिले छु रा प्रहार गरेका थिए ।
छु रा प्रहारबाट गम्भीर घाइते रायको उपचारको लागि तत्कालै जनकपुर स्थित जानकी हेल्थ केयरमा उपचारको लागि भर्ना गरिएको थियो ।
यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं स्थित टिचिंग अस्पताल काठमाडौं लगिएको छ ।
अज्ञात व्यक्तिले छु रा प्रहार गर्दा रायको पेट चिरिएको हो । हाल उनको अवस्था गम्भीर रहेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए ।
रायमाथि छुरा कसले किन प्रहार गरेको भन्ने खुलेको छैन । घटना विषयमा अनुसन्धान भइरहेको एसपी आचार्यले बताए ।














Discussion about this post