nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा आज विवाहपञ्चमी महोत्सव, प्रदेश २ मा सार्वजनिक बिदा

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २२, २०७८, १०:१३ बिहान
जनकपुरधाममा आज विवाहपञ्चमी महोत्सव, प्रदेश २ मा सार्वजनिक बिदा

जनकपुरधाम/मंसिर २२ गते।आज जनकपुरधाममा धुमधामसित रामजानकी विवाहपञ्चमी महोत्सव मनाइँदै छ। प्रदेश २ सरकारले विवाहपञ्चमीको अवसरमा बुधबार प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ । सीता (जानकी) जनकपुरकी छोरी भएको मान्दै यहाँ रामजानकी विवाह महोत्सवलाई आफ्नै छोरीको विवाह जस्तै गरी उत्साहपूर्वक ढंगले मनाउने गरेको स्थानीयको भनाइ छ । यही कारण केही दिनदेखि मिथिलाञ्चल क्षेत्र बेहुलीझैँ सिँगारिएको छ । 

रामजानकी विवाह महोत्सवको महत्व

विवाह महोत्सवलाई नेपाल–भारतबीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रूपमा पनि लिइन्छ । यस वर्ष पनि १७ देखि २३ मंसिरसम्म यहाँ रामजानकी विवाह महोत्सव मनाइँदै छ । तेत्रयुगमा भारत अयोध्याका राजा दशरथका छोरा पुरुषोत्तम राम र मिथिलाका राजा जनककी छोरी सीताबीच वैवाहिक सम्बन्ध बाँधिएको धार्मिक विश्वास छ । यही कारण प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनि मार्ग शुक्ल पञ्चमी तिथिमा रामजानकी विवाहपञ्चमी मेला आयोजना हुने गर्छ । सीतोपाख्यान उत्तराद्र्धमा सीता स्वयंवरका बारेमा उल्लेख भएअनुसार आश्विन पूर्णिमाका दिन अयोध्याका राजा दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिवधनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा रामजानकीको शुभविवाह भएको हो ।

जनकपुरधाममा हरेक महिना पूर्णिमाका दिन पनि मेला लाग्छ । यस्तै, चैत शुक्ल नवमी तिथिमा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जयन्ती मनाउँदै रामनवमी मेला र त्यसको एक महिनापछि वैशाख शुक्ल नवमी तिथिमा जानकी नवमी उत्सव मनाइन्छ । श्रावण शुक्ल तृतीयादेखि पूर्णिमासम्म पनि झुला महोत्सव तथा फागुन शुक्ल पक्षमा १५ दिने मिथिला पञ्चकोसी परिक्रमा (जनकपुरधामदेखि पाँच कोसको दूरीमा रहेको जानकीको बाललीलासँग सम्बद्ध ठाउँको परिक्रमा तथा उक्त परिक्रमाको अन्त्यमा फागुन पूर्णिमाका दिन जनकपुरधामको अन्तःगृह परिक्रमा) हुन्छ ।

यसरी मनाइन्छ विवाह उत्सव

विवाह महोत्सवको अवसरमा राममन्दिरबाट आएको डोला बाजागाजाका साथ नगर परिक्रमा गर्दै रंगभूमि मैदानमा पुग्छ । त्यहाँँ पहिलेदेखि राखिएको जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्तलगायतद्वारा स्वागत गरिन्छ । अभिवादनका साथै राममन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पुर्‍याइएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण गरिन्छ । मण्डपबाट महन्थले जानकीजीलाई माला लगाई आरती पूजनपछि स्वयंवर सम्पन्न हुन्छ । 

त्यसपछि राममन्दिरको मण्डपअगाडि राखेर सबै पछिपछि लाग्छन् र जानकी मन्दिर पु¥याएर आरती पूजन गरिन्छ । त्यसपछि राममन्दिरको डोला लावालस्करका साथ राममन्दिर फर्कने गर्छ । त्यसै रात मिथिला परम्पराअनुसार रामचन्द्र र जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ । त्यसको भोलिपल्ट रामकलेवा कार्यक्रम गरी महोत्सव विधिवत् रूपमा सम्पन्न हुन्छ । 

स्वयंवर र विवाह आज 

रामजानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत मंगलबार मटकोर कार्यक्रम सम्पन्न भएको छ । महोत्सवको मुख्य आकर्षण स्वयंवर र विवाह आज (बुधबार) हुँदै छ । स्वयंवर दिउँसो रंगभूमि मैदान बाह्रबिघा र विवाह बुधबार राति हुनेछ । महोत्सवअन्तर्गत यसअघि पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चोथौ दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर सम्पन्न भएको छ । 

प्रदेश २ मा सार्वजनिक बिदा 

प्रदेश २ सरकारले विवाहपञ्चमीको अवसरमा बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।संघीय सरकारको सार्वजनिक बिदाबाहेक प्रदेश सरकारले दिने अतिरिक्त बिदाअन्तर्गत प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको हो । प्रदेश सरकारले महामहोत्सवको रुपमा मनाउन विवाहपञ्चमीको लागि बिदा दिने निर्णय गरेको हो। 

आजको बिदा प्रदेश सरकारको क्यालेण्डमा उल्लेख छ । जनकपुरधाम उपमहानगरपालिकाले विवाहपञ्चमीको अवसरमा नगरभित्रका शैक्षिक संस्थामा तीनदिनका लागि सार्वजनिक विदा दिएको छ।

महोत्सवलाई भव्य बनाउन तथा सुरक्षा व्यवस्था कडा बनाउन मुख्यमन्त्री लालबाबु राउतले निर्देशन पनि दिएका छन् । उनले कोरोना महामारीबीच विशेष सचेत रहेर महोत्सव मनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । 

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!