सिरहा । प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर फ रार रहेका ७ जना अभियुक्तलाई सिरहा प्रहरी प क्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले विभिन्न मुद्दामा सजाय पाएर फ रार रहेका ७ जना र अन्य एकजना बुधबार प क्राउ परेको जानकारी दिए।
प क्राउ परेका सातै जनालाई जिल्ला अदालत सिरहामा बुझाइएको छ ।प क्राउ पर्नेमा रामअशिस दास तत्मा, परशुराम यादव, कासिन्द्र यादव, अनिता देवी सहनी, राम कुमार मगर, साजन कुमार लामा, जगदिश नायक र रामबाबु यादव रहेका छन् ।
सिरहाको लक्ष्मीपुरपतारी गाँउपालिका -५ खरुकियाहीका ६० वर्षीय रामअशिस दास तत्मालाई कु टपि ट तथा अं गभं ग मुद्दामा २ बर्ष कैद र १ लाख जरिवाना तिराउने अदालतले फैसला सुनाएको थियो ।
लहान नगरपालिका -२० भवानीपुर कलाबन्जरका ३४ वर्षीय परशुराम यादवलाई नकवजनी चो री मुद्दामा १ दिन कैद र ४ लाख ९९ हजार ६५० तिराउने अदालतले फैसला सुनाएको थियो ।
सुखिपुर नगरपालिका -५ का ३८ वर्षीय कासिन्द्र यादवलाई लेनदेन मुद्यामा २ बर्ष कैद, सिरहा नगरपालिका -१२ गम्हरिया टोलका ४५ वर्षीया अनिता देवी सहनीलाई लेनदेन विगो मुद्दामा ६ महिना कैद, गोलबजार नगरपालिका -२ गुरुधामका ४१ वर्षीय राम कुमार मगरलाई सवारी ज्यान मुद्यामा १५ दिन कैद र २ हजार जरिवाना, ३५ वर्षीय साजन कुमार लामालाई ८ दिन कैद र २ हजार जरिवाना, औरही गाँउपालिका -२ का ६७ वर्षीय जगदिश नायकलाई जग्गा खिचोला मुद्यामा १३७.५० जरिवाना र झै–झगडा तथा कु टपि ट मुद्दाका फ रार रहेका बिष्णुपुर गाँउपालिका -१ का ३५ वर्षीय रामबाबु यादवलाई प क्राउ गरिएको छ ।

















Discussion about this post