सिरहा/मंसिर १५ गते।सिरहा प्रहरीले अ वैध सुनसहित दुई जनालाई प क्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानबाट खटेको टोलिले चेकजाँचको क्रममा स. ८ प ६०७७ नम्वरको मोटरसाइकलमा सवार सप्तरी खडक नपा ११ का २५ वर्षिय तौहिद आलम र सप्तरीकै बोदेवर्साइन नपा ६ का २५ वर्षिय मो. सामिम अख्तरलाई प्रहरीले प क्राउ गरेको।

दुबैजनाको् साथबाट प्रहरीले ५० ग्राम सुन र ५४ हजार नेपाली नगद सिरहा प्रहरीले बरामद गरेको हो ।
बरामद सुन र नगद सहित दुवैजनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।

















Discussion about this post