जनकपुरधाम/मंसिर १५ गते। महोत्तरीमा धारिलो ह तियार प्र हार गरी एक महिलाको ह त्या गरिएको छ ।
जिल्लाको लोहारपट्टी नगरपालिका-६ लोहारपट्टी निवासी सुरेन्द्र मण्डलकी ३४ वर्षीया पत्नी रुबी मण्डल आफ्नो घर नजिकै मृ त अवस्थामा भेटिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए ।
मंगलबार राति मण्डलको आफ्नै घर नजिक अज्ञात समूहले टाउकोसहितको विभिन्न भागमा धारिलो ह तियार प्रहार गरी ह त्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आर्चायले जानकारी दिए ।
बिहान महिलाको ह त्या गरिएको अवस्थामा स्थानीयले श व देखेपछि प्रहरीलाई खबर गरेका थिए । राति ढोका लगाएर घरमा बसिरहेका बेला बाहिरबाट अपरिचित व्यक्तिले उनलाई बोलाएर घरबाट केहि पर लगि धारिलो ह तियार प्र हार गरेर ह त्या गरेको मृ तकका छोराले बयान दिएको प्रहरीले जनाएको छ ।
हत्या कसले किन गरेको भन्ने विषयमा घटनास्थलको अनुसन्धान जारी रहेको एसपी आचार्यले बताए ।मृतककी श्रीमान वैदेशिक रोजगारको शिलशिलामा भारतको पन्जाबमा छन् ।
टाउको र घाँ टीमा धा रिलो वस्तुले प्रहार गरी ह त्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । ह त्या गर्नेहरूको पहिचान र कारण खुल्न नसकेको र अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ ।














Discussion about this post