nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विवाह पञ्चमीको तयारी तीव्र, साताव्यापीरुपमा विवाह पञ्चमी महोत्सव मनाइने

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १४, २०७८, १०:१३ मध्यान्ह
विवाह पञ्चमीको तयारी तीव्र, साताव्यापीरुपमा विवाह पञ्चमी महोत्सव मनाइने

धनुषा/मंसिर १४ गते।हिन्दू धर्मावलम्बीको आस्थासँग जोडिएको सीताराम विवाह पञ्चमी महोत्सवका लागि तयारी तीव्र पारिएको छ ।

प्रत्येक वर्ष झै यसवर्ष पनि यही मङ्सिर १७ देखि २२ गतेसम्म साताव्यापी सीताराम विवाह पञ्चमी मनाउन लागिएको हो । महोत्सव नजिकिँदै गर्दा अबेर रातिसम्म पाल लगाउनेदेखि मूलद्वार सजावटमा कामदार व्यस्त देखिन्छन् । मिथिलाको उत्सवमध्ये विवाह पञ्चमीलाई महामहोत्सवका रुपमा भव्यताका साथ मनाउने गरिन्छ ।

त्रेतायुगमा भगवान् राम सीता विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी मनाउँदै आइएको छ । महामहोत्सव तयारीका लागि दिनरात जानकी मन्दिर प्रशासन लागिपरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिनुभयो । मन्दिर प्राङ्गणमा कार्यक्रमका लागि मञ्च बनाउनेदेखि जानकी मन्दिर तथा मुलद्वार सजाउने कार्य अहिले भइरहेको उल्लेख गर्दै उहाँले प्रत्येक साँझ मन्दिर परिसरमा मङ्गल गीत तथा झाँकीसमेत हुने गरेको बताउनुभयो ।

विवाह पञ्चमीका दिन भारतको अयोध्याबाट आउने सन्त महन्थसहितको जन्तीको स्वागतका लागि पन्डाल, स्वागत द्वार निर्माणलगायत कार्यसमेत भइरहेको छ । अघिल्लो वर्ष विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण विवाह पञ्चमी औपचारिकतामा मात्र सीमित थियो । त्यसैले यसवर्ष भव्यरुपमा विवाह पञ्चमी मनाउन विभिन्न १९ वटा समिति एवं उपसमितिसमेत गठन गरिएको जनाइएको छ ।

महोत्सवका लागि शान्तिसुरक्षाको व्यवस्था, प्रचारप्रसार, सवारी साधन व्यवस्थापन, अयोध्याबाट आउने जन्तीको स्वागत, विद्युत् आपूर्ति, बजार व्यवस्थापनलगायत समिति गठन गरिएको छ । भगवान् रामको जन्मभूमि अयोध्याबाट हरेक पाँच वर्षमा सीता नगरी जनकपुरमा विशेष जन्ती आउने प्रचलन छ । त्यसैले यसपटक औपचारिकरुपमा जन्ती नआए पनि साधुसन्त र ठूला महन्थ जन्तीकैरुपमा आउने उहाँको भनाइ थियो ।

विवाह पञ्चमीमा सहभागी हुन ठूलो सङ्ख्यामा मानिस आउने भएकाले जताततै फोहर बढ्ने हुँदा सरसफाइमा ध्यान दिन र शौचालयको व्यवस्था मिलाउन जनकपुर उपमहानगरपालिकासँग आग्रह गरिएको महन्थ वैष्णबले बताउनुभयो । फोहर र शौचालय व्यवस्थापनमा उपमहानगरपालिका र जनकपुर बृहत्तर क्षेत्र विकास परिषद्लेसमेत ध्यान नदिने गरेको गुनासो गर्दै उहाँले आफ्नै छोरीको बिहे ठानेर सबैले सहयोगमा चासो दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । महन्थ वैष्णबले प्रदेश सरकारले चाहे केही सरसफाइ र शौचालय व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विवाह पञ्चमी महोत्सवअन्तर्गत मङ्सिर १७ गते जनकपुर नगर दर्शन, १८ गते फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर र २२ गते शुभविवाह तथा २३ गते रामकलेवा कार्यक्रम तय गरिएको छ ।- रासस

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि