सिराहा/मंसिर १४ गते। जिल्ला सरकारी वकीलको कार्यालयले मिर्चैया नगपालिकाको प्रमुख श्रवण कुमार यादवलाई प क्राउ गर्न निर्देशन दिएको छ ।
राजगिर यादव को जाहेरीले वादी नेपाल सरकारका प्रतिवादी शिब शकर कापरी समेत भएकाले ज्यान मार्ने उद्योग मुद्धामा उनिहरुलाई थप अनुसन्धान गर्न मुद्धा चलाउनु पर्ने निर्णय गरिएको हो ।प्रतिवादी कपारी यस अघि २१ दिन प्रहरी थुनामा परेर राजनीतिक दबाबमा छुटेका थिए ।
कोरोना सक्रमणको समयमा राहत बितरण गर्ने क्रममा आक्रमण गराएर बिजय कुमार यादवको हात भाची शक्त घाइते बनाई ज्यान मार्ने उद्योग गरेकोले नगर प्रमुख यादब लाई प क्राउ गर्न निर्देशन दिएको हो ।
सोही मुद्धामा जिल्ला अदालत सिराहाले नगर प्रमुख यादवलाई सार्वजानी अपराध मुद्धामा २००० रुपैयाँ जरिवाना गरिसकेको छ ।

















Discussion about this post