सप्तरी/मंसिर १३ गते।सप्तरीमा एक ३ वर्षीया बालिकाको डुबेर मृ त्यु भएको छ।
जिल्लाको छिन्नमस्ता गाउँपालिका-३ सखडा बस्ने सरोज मण्डलकी छोरी ३ वर्षीया सानबी कुमारी मण्डल आफ्नै घर पछाडी रहेको पोखरीमा डुबेर आइतबार दिउँसो मृ त्यु भएको हो।
उक्त पोखरीको डिलमा खेल्ने क्रममा अचानक खसेर डुब्दा उनको उद्दार गरी उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरीतर्फ लैजाने क्रममा बाटोमै मृ त्यु भएको हो ।
यता भने जिल्ला प्रहरी कार्यालय सप्तरीले आवश्यक अनुसन्धान गरिरहेको बताएका छन ।















Discussion about this post