सप्तरी/अरुण कुमार यादव/मङसिर ९ गते। बालबिवाह ,उमेर पुगेर बिद्यालय छुटेका अपाङ बालबालिका तथा बाल हिं सा बिरुद्ध सप्तरीको खडक नगरपालिकाको वडा नं. ८ का सबै टोलमा आज घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ ।

सबल नेपाल र सेभ द चिल्ड्रेन तथा खडक नगरपालिका ८ को सहयोगमा बालबिवाह ,उमेर पुगेर बिद्यालय छुटेका अपाङ बालबालिका तथा बाल हिं सा बिरुद्ध प्रचापम्पलेट बाडेको साथै सरकारी सेवा सुबिधाबाट बन्चित रहेकाहरुलाई समयमा सेवा लिनुपर्ने माग गर्दे कार्यक्रम मनाइएको सबल नेपालका कार्यक्रम सुपरभाइजर असोक कुमार साहले बताए।बालबिवाह गर्नेलाई सजया हुने र उक्त कार्यगर्ने रोकिनुपर्ने नारा समेत लगाइएको थियो ।

वडाबाल संरक्षण समिति तथा वडा अध्यक्ष इशराइल मियाको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा, प्र अ , बाल क्लब संजाल , कोपिला बालकल्ब संजाल वडा सदस्य र सबल नेपालकर्मीहरुको सहभागी रहेको थियो ।

यसैगरी लैङगिक हिं सा बिरुद्ध १६ दिने अभियान अन्तर्गत आज पहिलो दिन सडक नाटक तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।सप्तरीको सुरुङगा नगरपालिकाको मधुपटी र खडक नगरपालिकास्थित कल्याणपुरमा सडक नाटक तथा दिप प्रज्वलन कार्यक्रम भएको सबल नेपालले जनाएको छ ।प्रमुख अतिथि खडक नगरपलिकाका उपप्रमुख यसमिन सुल्तान र बालबलिका शाखाका प्रमुख अनिता साहको अध्यक्षतामा त्यहाँ दिप प्रज्वलन कार्यक्रम गरियो ।



सो अवसरमा सेभ द चिल्ड्रेनका कान्ति खड्का, खडक नगरपालिकाका इन्जीनियर महीनारायण चौधरी, प्रशासन अधिकृत रमाकान्त चौधरी, असई रामबाल ठाकुर लगायतकाले शुभका मन्तब्य दिएका छन । त्यस्तै नगरबाल संजालद्धारा सडक नाटक समेत गरिएको थियो । कार्यक्रमका उदघोषक प्रलाद चौधरीले गरेका थिए ।

















Discussion about this post