अरुण/कुमार यादव/सप्तरी/मङसिर ९ गते ।बालबिकसमा पढाउने शिक्षक र शिक्षिकालाई तालिम दिने उद्देश्यले बिहीवरदेखि ३ दिने तालिम सुरु भएको छ ।

सप्तरीको राजविराजमा डब्लु.एच एच.को सहयोगमा सबल नेपालले आयोजना गरेको उक्त ३ दिने तालिममा बालबिकासमा अध्यन गर्ने बालबालिकालाई कसरी पडाउने,कसरी सिकाउने,खेलाउने,कसरी सरसफाई भएर बस्ने लगाइएतका बिभिन्न तालिम दिइरहेको जनाइएको छ ।
राजविराज नगर शिक्षा अधिकृत भोगेन्द्र प्रसाद यादवको प्रमुख अतिथिमा सुरु भएको तालिममा राजविराज नगरपालिका वडा नं. ९ का जनता रा.प्रा.बिद्यालय गढीया र राजविराज नगरपालिका वडा नं. १० स्थित बिरालका श्री जनक राप्राविका १२ जना शिक्षक र शिक्षिकालाई बालबिकास भवन निर्माण पछि बालबालिकालाई गुनस्तरी शिक्षा दिक्षाका लागि तालिम दिईरहेको सबल नेपाालका सिनियर म्यानेजर अशोक साहले बताए ।

सबल नेपालका अध्यक्ष जुना गिरीका अध्यक्षतामा सुरु भएको तालिममा निरबहादुर आलेमगर र डिकुरा पोखरेलले प्रशिक्षण दिइएरहेको जनाइएको छ ।














Discussion about this post