सप्तरी/मंसिर ८ गते।सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ को खुदिबखारी टाेलमा एक बृद्धकाे घाँटी रेटेर ह त्या भएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ निवासी मिश्रि भन्ने मुक्तिलाल मण्डलको ह त्या भएको छ ।९० वर्षिय बृद्ध मण्डलको घा टी रेटे को अवस्थामा बुधबार दिउँसो २ बजेतिर मृ त शरीर फेला परेको हो ।
उनको मृ त शरीर घरबाट करिब २ किलोमिटर टाढा रहेको झोकराहीस्थित आँप बगौचामा फेला परेको इलाका प्रहरी कार्यालय सखडाका सई उमेन्द्र यादवले जानकारी दिए ।
घटनाको खबर पाएलगत्तै डिएसी माधवप्रसाद काफ्लेलेको नेतृत्वमा एक टोली घटनास्थलमा पुगि आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बिहान ९ बजेतिर सखडा बजारमा चिया खान जान्छु भन्दै बुबा घरबाट निस्केको छोरा देवनारायणले जनाए । बुबाको कसैसँग कुनै दुश्मनी नरहेको र घाटी रे टेर ह त्या भएको खबरले परिवारनै स्तब्ध भएको छ ।
घटनाको छानबिन र ह त्यारा लाई अविलम्ब प क्राउ गर्न मृ तकका आफन्त र गाउँलेले माग गरेका छन् । डिएसपी काफ्लेले ९० वर्षिय बृद्धको कसले र के कारणले ह त्या गरेको हो भन्ने बिषयमा सुक्ष्म अनुसन्धान भइरहेको बताए ।मृतक बृद्धकाे श व हाल पाेष्टमाटमसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।














Discussion about this post