nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लोभलाग्दो मटिहानी

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ४, २०७८, ६:४३ मध्यान्ह
लोभलाग्दो मटिहानी

राजकरण महतो/महोत्तरी/मंसिर ४ गते। मठहरूको पनि महामठ-लक्ष्मीनारायण मठ। महन्थहरूका पनि महन्थ ‘मानमहन्थ’। सात प्रकारका माटोहरूको संगम स्थल– सप्तमृतिका। त्रेता युगमा राम र सीताको विवाह हुँदा वेदी बनाउन माटो खनेर लगिएको मिथिलाको पावन भूमि। जहाँ छ ३०३ वर्ष पुरानो देशकै जेठो ‘राजकीय संस्कृत माध्यमिक विद्यालय’। नांगो खुट्टाले तय गरिने १३३ किलोमिटरको १५ दिने माध्यमिक परिक्रमाको एक प्रमुख ‘विश्राम स्थाल’। हप्तैपिच्छे हुने अनेकन पर्वतोहार। यी सबै मटिहानीका साँढे ५ सय वर्ष पुरानो पहिचान मात्रै होइन, नेपालको धार्मिक, सांस्कृतिक र शैक्षिक धरोहरको ‘वैभव’ पनि हुन्।

बिडम्बना, मटिहानीसँग यी र यस्ता गौरव–गाथा भए पनि गुमनाम जस्तै छ। रामानन्द सम्प्रदायका सिद्ध सन्त रामदास र सुफी सन्त (मुस्लिम धर्मगुरु) पिर बाबाको भूमि पनि मटिहानी हो। तर, राज्यको दृष्टिबाट कोसौं टाढा छ। सरकारबाट पाउनु पर्ने संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन महोत्तरीको मटिहानीले पाउन सकेको छैन। बालगुरु षडानन्दजस्ता विद्वान्् जन्माएको दिव्यभूमि अझै राज्यको मुख ताक्दै छ। पछिल्लो समय ‘अन्नपूर्ण पोस्ट’्ले मटिहानीको गौरव खोजी गर्दै सामग्री प्रकाशन गर्दै आएको छ। यो सँगै सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी मटिहानीको अवलोकन भ्रमणमा पुग्दैछिन्। राष्ट्रप्रमुख भण्डारीले लक्ष्मीसागरमा पूजापाठ, संस्कृत विद्यालय तथा मठ अवलोकन, परिक्रमा विश्रामस्थलको अवलोकन भ्रमण गर्दैै रंगशाला उद्घाटन गर्ने तालिका छ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामबाट १५ किलोमिटर पश्चिम–दक्षिण लागेपछि महोत्तरीको जलेश्वर आउँछ। त्यहाँबाट घरी पूर्व त घरी दक्षिण मोडिँदै मटिहानी बजार पुगिन्छ। बजार नपुग्दै गाउँकै मुखमा भव्य स्वागतद्वारले पाहुनालाई स्वागत गर्दछ। त्यो स्वागतद्वारमै संस्कृतको श्लोकबाट संस्कृत शिक्षाको गरिमालाई झल्काउँछ। गाउँ हुँदै अलिपर पुगेपछि झन्डै अढाई बिघामा लक्ष्मीसागर तलाउ फैलिएको देखिन्छ। तलाउको उत्तरतिरको किनारमा मुलुकभरका मठहरूका नायक लक्ष्मीनारायण मठ देखिन्छ। चुन, मासको दाल, काठ, इँट्टाको समिश्रणबाट दुई तलामा मठ ठडिएको छ। जहाँ मटिहानी मठको साँढे पाँच सय वर्षको इतिहास छ। जसले तागरशैलीको बखान गर्छ।

साढे पाँच वर्ष पुरानो मठ
मठको प्रवेशद्वारको माथिल्लो भागमा टाढैबाट दुई सिंहको प्रतिमा देखिन्छ। त्यहाँ पुग्ने पाहुनाले मनमा उर्जा पैदा भएको ठान्छन्। गेटमै पुगेपछि दुई विशाल हात्तीले स्वागत गर्छ। जसलाई सौभाग्यको रूपमा आगन्तुकले भाग्यशाली ठान्ने गर्छन्। बिहान र साँझ पुग्दा साधुसन्तहरू लक्ष्मीनारायण भगवानको भजनकृतनमा झुमिरहेका हुन्छन्। ढोलक, झ्याली, कर्ताल र हारमोनियमको तालमा नाचगान गर्दै लक्ष्मीनारायण भगवान्को महिमा गान सुन्न र देख्न पाइन्छ। यो मठ राजगुठीको सूचीमा पर्छ। यहाँका मानमहन्थले देशभरीका अन्य मठका महन्थहरूको पगरीगुथाउँछन्।

मिनि नेपालको झल्को
लक्ष्मीसागरको पश्चिम किनारमा घाट छ। जहाँ हरेक बिहीबार लक्ष्मीनारायण भगवान्को आरती धुमधामसंग हुन्छ। त्यो घाटबाट दक्षिण लाग्दा सरोेबर किनारैमा ३०३ बर्ष पुरानो राजकीय संस्कृत माध्यमिक विद्यालय छ। जहाँ भगवान्रूपी देशैभरका सबै जातजातीका बटुकहरू संस्कृतमा ‘स्वस्तिक वाचन’ गरिरहेका छन्। यहाँ पुग्दा मिनी नेपाल आएको भान हुन्छ। स्कूलको पश्चिमतिर नियाल्दा सुफी सन्त (मुस्लिम धर्मगुरु) पिर बाबाको मजार पुगिन्छ। त्यहाँ शुक्रबार मुस्लिम धर्मालम्बी नमाज पढ्छन्।

यहाँ हिन्दू र मुस्लिमहरूको धार्मिक सहिष्णुता लोभलाग्दो छ। ईदजस्ता पर्वमा मजारमा ठूलो भिड लाग्छन्। त्यो दृश्य हेर्न त्यहाँका हिन्दू धर्मावलम्बी पनि सहभागी हुन्छन्। आफूलाई दुःख-तकलिफ हुँदा पिर बाबालाई पुकार गर्न मुस्लिम मात्रै होइन, हिन्दू धर्मावलम्बीहरू पनि मजार पुग्छन्। मुस्लिमको ईस्लामिक क्यालेन्डर अनुसार हिजरी सम्वत्को पहिलो महिना मुहर्रममा मुस्लिम समुदाय ताजिया (दाहा) लिएर लक्ष्मीनारायण मठमा पुग्छन्। त्यहाँ मठाधिशलाई हजारौंको संख्यामा लाठी, घरेलु हात हतियार प्रदर्शन गरेर देखाउँछन्। त्यो दृश्य हेर्न हिन्दू पनि हजारौंको संख्यामा पुग्छन्। मठाधीस खुसी भएर आर्शिवाद र दक्षिण दिएर पठाउने चलन छ।

इतिहास झल्काउँदै खन्ती र चिम्टा
याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ मटिहानीका सहप्राध्यापक धु्रव रायका अनुसार, साढे पाँच सय वर्ष पहिले मटिहानीको जंगलमा पोखरी छेउ रूखमुनि रामानन्द सम्प्रदायका सिद्ध सन्त रामदास र सुफी सन्त पिर बाबा बस्थे। रामदास (तस्मैया बाबा) लाई पिर बाबाले भविष्यवाणी स्वरूप कुनै चमत्कारपूर्ण दृश्य भएको स्थानमा आफ्ना खन्ती र चिम्टा गाड्न सल्लाह दिए। एक दिन राम दासले एउटा बिरालालाई मुसाले आफ्नो वशमा पारेको अद्भुत दृश्य अवलोकन गरे। उनले पिर बाबाको भविष्यवाणी स्मरण गर्दै त्यसै ठाउँमा अठारौं शताब्दीपूर्व खन्ती र चिम्टा गाडे र मठको स्थापना गरे। जुन अहिले पनि यथावत् छ। मटिहानी प्रजातान्त्रिक आन्दोलनका शहिद केशव कोईरालाको क्रान्तिकारी भूमि पनि हो।

मिथिलाको पावन भूमि
त्रेता युगमा माता सीताको विवाह हुँदा मटकोरमा मटिहानीबाट माटो खनेर लगिएको थियो। जनकपुरमा त्यही माटोबाट वेदी बनाइएको थियो। माटो खनेकै ठाउँमा लक्ष्मीसागरमा तस्मैया बाबाले स्नान गर्दा भगवान् लक्ष्मीनारायणको मूर्ति भेटाएका थिए। त्यस मूर्तिलाई प्राणप्रतिष्ठा गरेपश्चात् नैवेद्यको रूपमा खीर अर्पण गरी लक्ष्मीनारायण भगवान्को मन्दिर स्थापना गरे।

मिथिला क्षेत्रको मटिहानीमा मात्रै सात प्रकारको माटो पाइन्छ। त्यसैले मटिहानीलाई सप्तमृतिकाको संगम स्थल पनि भन्छन्। संगम नदीको माटो, राजदुवार (गढी), हात्तीसार, तबेला (घोडासार), गौशाला (गाई गोठ), लक्ष्मीसागर (सरोबर), धमिराको माटो मिथिला क्षेत्रमा प्रचलित छ। त्यसैले भगवान् राम र सीताको विवाहमा वेदी निर्माणका ऋषिमुनीले मटिहानीको माटोलाई रोजेका थिए। जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णब भन्छन्, ‘त्रेताकालमा माता सीताको विवाहमा माटो खनेर ल्याउने एउटा विध मटिहानीमा भएको थियो। मटिहानीलाई एउटा कुण्डको रूपमा पनि लिइन्छ।’ विवाह, पूजाआजा, शिलान्याश, गृहप्रवेश गर्दा १० गाउँका गाउँलेलाई मटिहानीको माटोलाई नभई हुँदैन।

३०३ वर्ष पुरानो गुरुकुल
तस्मैया बाबाका शिष्य जयकृष्ण दास थिए। उनी आफै संस्कृतका महावैयाकरण थिए। उनले नै १७७५ सालमा संस्कृत पाठशाला (गुरुकुल)को स्थापना गरे। जुन अहिले राजकीय संस्कृत माध्यमिक विद्यालयको नामले चिनिन्छ। जहाँबाट नेपालमा औपचारिक शिक्षाको सुरुआत भएको राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल बताउँछन्। १८२५ सालमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे। त्यसभन्दा ५० वर्ष पहिले मटिहानीमा गुरुकुल खोलिएको थियो। १९१० सालमा जंगबहादुर रानाले दरबार हाईस्कुल खोलेका थिए। दरबार हाईस्कुलको नामनिशान केही नहुँदै मटिहानी–७ मा लक्ष्मीनारायण मठबाट संस्कृत गुरुकुल सञ्चालन थियो। तर, राज्यको नजरमा यो स्कूलले सोचेको जस्तो अभिभावकत्व नपाएको नव्य न्याय शास्त्रका डा. गोविन्द चौधरी बताउँछन्।

गुरुकुलको इतिहास गाउँका बुढापाखाबाट मात्रै सुन्न पाइन्छन्। दस्तवेज धमिराले खाइसकेको छ। डा. चौधरी भन्छन्, ‘यहीबाट ज्ञान आर्जन गरेर सयौंले विद्वान्को मानपदवी पाए। तर, मटिहानीको ऐश्वर्यलाई चिनाउने लाल अझै भेटिएको छैन।’ पुरातात्त्विक विभागले देशको जेठो स्कूलबारे अध्ययन, अनुसन्धान गरिनु माग गर्दै प्रधानाध्यापक पौडेल भन्छन्, ‘विद्यालयको भ्रमण गर्न राष्ट्रप्रमुख आउँदै हुनुहुन्छ, अब हाम्रो विद्यालयले विशेष सहयोग प्राप्त गर्छ भन्ने आशा पलाएको छ।’

धार्मिक यात्राको भूमि
मटिहानीको अर्को पौराणिक र ऐतिहासिक पक्ष हो, मिथिला माध्यमिक परिक्रमा। नेपाल र भारतमा गरिने १५ दिने मिथिला परिक्रमामा १३३ किलोमिटर नांगो खुट्टा तय गरिन्छ। यो धार्मिक यात्रा पनि हो। १८ औं शताब्दीबाट सुरु भएको यो परिक्रमा १५ विश्रामस्थल पर्छ जसमध्ये मटिहानी एक महत्त्वपूर्ण स्थल रहेको लक्ष्मीनारायण मठ मठिहानीका मानमहन्थ जगरनाथ दास वैष्णव बताउँछन्। ‘परिक्रमा हाम्रो संस्कृति, हाम्रो सभ्यता हो। जहाँ जहाँ राम र सीताको चरण परेको छ, त्यहाँ त्यहाँ भ्रमण गर्दा मनोकामना पूरा हुने जनविश्वास छ’, उनी थप्छन्, ‘मिथिलाको सर्वाधिक लोकप्रिय १५ दिने मिथिला मध्यमा परिक्रमा हो। जहाँ ठूलो संख्यामा पहाडी समुदाय सहभागी हुन्छन्।’ यसको सर्वपक्षीय विकासमा सरकारले काम गर्नु पर्ने उनले औंल्याए। प्राचीन मिथिलाको राजधानी जनकपुरको चारैकुनामा राजा जनकले चारवटा शिवालय क्रमशः कलानेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वर स्थापना गरेका थिए। जसलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ दास बताउँछन्। चारवटै शिवालय राजा जनकको इष्टदेव हुन्।

राज्यसँग बढ्दो अपेक्षा
स्थानीय सरकार आएपछि मटिहानीका मठमन्दिर, शैक्षिक तथा धार्मिक स्थलको संरक्षण, सम्वर्द्धनमा लागि परेको छ। तर, बजेट अभाव छ। हालै मटिहानी नगरपालिकाले नगरभित्र रहेका प्रतापी थान मन्दिर, राघोबाबा मन्दिर, पासवान जातिका कूलदेवता राजा सलहेशको मन्दिरको जीर्णोद्धार गरेको छ। मटिहानी बजारमा घण्टाघर छ। जहाँ घण्टैपिच्छे समयको बोध गराउँछ। जलेश्वर–मटिहानी सडक र मटिहानी–जनकपुर सडक (रामजानकी पथ)मा नगर प्रवेशद्वार बनाइएको छ। लक्ष्मीसागरमा मनोरम घाट र चित्ताकर्षक पक्की घेराबेरा छ।

राति झिलिमिली बत्ती बल्छ। मटिहानीबजारमा अतिथिगृह निर्माण गरिएको छ। लक्ष्मीनारायण मठअगाडि भव्य दुर्गा मन्दिर र विद्यालय परिसरमा नेपाली सेनाले अन्नपूर्ण भोजनालय निर्माण गरेको छ। मटिहानी नगरपालिका, प्रदेश सरकार, प्रदेश सभा सदस्य अभिराम शर्मा र प्रतिनिधि सभा सदस्य महन्थ ठाकुरको संसदीय कोषबाट धार्मिक स्थल संरक्षणका थोरबहुत कामहरू भएका छन्। मटिहानी नगरपालिका मेयर हरिप्रसाद मण्डल भन्छन्, ‘मटिहानीको विकास तथा प्रवर्द्धनका लागि राज्यबाट न योजना बनाइयो न त भरपुर विकास बजेट आयो।’ अब राष्ट्रप्रमुखकै अवलोकन भ्रमण हुन गइरहेकाले मटिहानीको सांस्कृतिक, धार्मिक, पौराणिक पक्षको विकासमा राज्य र सरकारको ध्यान पुग्नेमा आशावादी रहेको बताए।

साभार स्रोत-अन्नपूर्ण पोस्ट बाट

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

१७ जना डाक्टरको दर्ता खारेज

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!