धनुषा/मंसिर १ गते। जानकी मेडिकल कलेजमा आन्दोलनरत कर्मचारीले लगाएको ताला प्रहरीले खोलेको छ । कलेजमा श्रमशोषण भइरहेको भन्दै कर्मचारीले आज बिहान तालाबन्दी गरेका थिए ।
कर्मचारीले तालाबन्दी गरेपछि प्रहरी आएर ताला खोलेको प्रशासक दयानन्द झाले बताए । उनले भन, ‘छलफलबाट समाधान हुने कुरामा तालाबन्दी भयो । विद्यार्थीले पठनपाठनमा असर परेको भन्दै प्रहरी बोलाई तालाबन्दी खुलाए ।’
तालाबन्दी खुलेपछि पठनपाठन शुरु भएको झाले जानकारी दिए ।तालाबन्दी खुलेपछि विना अवरोध पढाइ भइरहेको झाले बताए ।आन्दोलनरत कर्मचारीलाई वार्तामा आउन अनुरोध समेत गरेको उनको भनाइ छ ।
कर्मचारी, चिकित्सक, फ्याकल्टी र सञ्चालकबीच तलबभत्ता, सञ्चयकोष, दशैं खर्चलगायतबारे विभिन्न मितिहरुमा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै कर्मचारीहरुले आज बिहान कलेजको विज्ञान संकायतर्फ ताला लगाएका थिए ।















Discussion about this post