अरुण कुमार यादव/सप्तरी/मंसिर १ गते।लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार स्वतन्त्रता सेनानी बैद्यनाथ झालाई पुरस्कृत गरेका छन् ।
राजविराजस्थित नेपाल पत्रकार महासंघको सभाहलमा मंगलबार अयोजना गरेको एक समहारोका बिच आजको वातावरण दैनिकका सम्पादक समेत रहनु भएका जिल्लालाई कर्म क्षेत्र बनाएर लामो समयदेखि पत्रकारिता गर्दै आएका झालाई पुरस्कृत गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ अध्यक्ष श्रवण कुमार देव र कार्यक्रममा सहभागि अन्य अतिथिहरूले झालाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै नगद रू ५ हजार पुरस्कार प्रदान गरेका छन् ।
सप्तरी जिल्लाको नेपाल पत्रकार महासंघ सप्तरीका संस्थापक अध्यक्ष तथा मिडिया काउन्सिल प्रदेश नं २ अध्यक्ष शिवहरी प्रसाद भट्टराईले बाबु आमाको नाममा स्थापना गरेको पुरस्कारबाट झा सम्मानित भएका छन् ।















Discussion about this post