महोत्तरी/मंसिर १ गते।माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड महोत्तरीको एक स्वास्थ्य संस्था उद्घाटनमा जाने भएपछि त्यहाँको एक नगरपालिकाले अनौठो निर्णय गरेको छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिकाले प्रचण्ड उद्घाटनमा आउने भएपछि बुधबार एक दिन सार्वजनिक बिदा नै दिने निर्णय गरेको हो ।
नगरपालिका अन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरू वडा नम्बर २,३,४,६,७, ८ र ९ को उद्घाटनका लागि प्रचण्ड महोत्तरी आउने कार्यक्रम रहेको नगरपालिकाको सूचनामा उल्लेख छ ।
सूचनाअनुसार प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम दिउँसो १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
















Discussion about this post