अरुण कुमार यादव/सप्तरी/कार्तिक २८ गते।सप्तरीको महादेबा गाउँपालिकामा आयोजित एक दिने निःशुल्क आँखा शिविरमा १ सय १९ जनाको उपचार गरिएको छ ।

राजबिराज आँखा एन्ड जनरल हस्पिटल प्रा.लिद्धारा सप्तरीको महादेबा गाउँपालिका वडा नं.४ स्थित श्री ग्राम देवता आधारभूत विद्यालाय आयोजित निःशुल्क आँखा शिविरमा १ सय १९ जनाको जाँच गर्दा ४२ जनामा मोतिया बिन्द भेटिएको अस्पतालका डायरेकटर प्रेम यादवले बताए
।

राजबिराज आँखा एन्ड जनरल हस्पिटलबाट ४ वटा त्यहाँ गएका चिकित्सकले आँखा रोगीको जाँच गरेको थियो । साथै जाँचको क्रममा ७ जनामा आँखामा मासु पलाइएको समेत भेटिएको उपचारमा संग्लन चिकितसकले जानकारी दिए ।

यसैबिच आयोजित एक दिने निःशुल्क आँखा शिविरमा मोतिया बिन्द फेला परेकाको यही मंसिर १ गते निःशुल्क सल्यक्रिया गरिने अस्पतालका डायरेक्टर यादवले जानकारी दिए ।
















Discussion about this post