अरुण कुमार यादव/सप्तरी/कार्तिक २७ गते ।सप्तरी इटा उद्योग ब्यावसाय संघको दोश्रो साधारण सभा शनिवार यहाँ सम्पन्न भएको छ ।
सप्तरीको राजविराजमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग महासंघका केन्द्रीअध्यक्ष महेन्द्र बहादुर चित्रकारले सरकारी निकायले उद्योगी ब्यवसायीको पिडाप्रति ध्यान दिनुपर्ने बताए ।
इटा भटामा कुनै ठाउँमा बालश्रम गरेको पाइएमा कारवाही गरिने भन्दै बालबालिकाहरुलाई उचित शिक्षा दिनुपर्ने बताए । ताकि उनलाई श्रम गर्नु हुदैन भन्दै इटा उद्योगलाई पालना गरेर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बिकास निर्माण र समृद्धिमा ईटाको महत्वपुर्ण भुमिका रहेको बताए ।बास्तवमा इटा नै उत्पादनमा आत्मनिर्भर भएर रोजगारको सिजृना गरेको भन्दै प्राकृति बिपदमा पनि इटाले महत्वपुर्ण भुमिका खेलने गरेको उनले बताए ।
इटाको गुणस्तरीय माध्यम दिएर काम गर्ने कामदारहरुलाई सुरक्षाको ब्यवस्था हुनुपर्ने भन्दै कोभिड १९ को स्वास्थ्य मापदण्डमा रहेरका काम गनुपर्ने जोड दिए ।
कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानले इटा उद्योगीहरुलाई आफनो दायरामा रहेर काम गनुपर्ने बताए । इटा ब्यावसाई स्थापित हुनुपर्ने बताउदै उद्योगले समाजमा रोजगारी बढीने बताए ।
संघका अध्यक्ष दुगानन्द साहको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल इटा उद्योगका केन्द्रीय कोषाध्यक्ष भगवान बस्नेत ,नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देव, गोरखापत्र स्रस्थानका प्रदेश नं. २ का बिरो धिरेन्द्र प्रसाद साह, घरेलु तथा साना उद्योगका प्रमुख संतोष साह, श्यामबाबा राइस मिलका संचालक श्यामबाबा अग्रवाल लगायतका उपस्थित रहेको थियो । कार्यक्रममा आधा दर्जन बिशिष्ट अतिथि तथा अतिथिहरुलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरेका थिए ।















Discussion about this post