अरुण कुमार यादव/सप्तरी/कार्तिक २७ गते । सप्तरीको राजविराज नगरपालिकास्थित गढीमा शनिवार बालबिकास भवनको शिलान्यास गरिएको छ ।

राजविराज नगरपालिका वडा नं. ९ स्थित जनता राष्ट्रिय प्राथमिक बिद्यालय गढीयामा बालबिकास भवनको प्रमुख अतिथि राजबिराज नगरपालिकाका नगरप्रमुख शम्भु प्रसाद यादव,जसपा नेता भिमराज यादव, वडा अध्यक्ष शम्भु प्रसाद यादव(लाली)ले संयुक्त रुपमा उक्त बालबिकास भवनको शिलान्यास गरेका हुन ।
राजविराज नगरपलिकाको सहकार्य तथा डब्लु÷एच÷ एचको सहयोगमा सबल नेपालद्वारा संचालित बालबिकास भवन निर्माण कार्य एक महिनामा सकिने सबलन नेपालका सिनियर म्यानेजर असोक साहले बताए ।
साहका अनुसार यहाँ शौचालय सहित एक कोठे भवन निर्माण भइरहेको बताउदै १८ बाई २२ को कोठा निर्माण गरिने छ ।
साथै करिब रु ३० लाखको लागतमा निर्माण भइरहेको बालबिकास कोठामा बिद्यार्थीहरुको सहज शिक्षाको लागि टिभी,फिल्टर लगायतका समानहरु राखिने जनाइएको छ ।
वडा अध्यक्ष शम्भु प्रसाद यादव(लाली)को अध्यक्षतामा सम्पन्न भएको शिलान्यास कार्यक्रममा सबल नेपालका रवीकान्त देव लगायतका बिभिन्न कर्मचारी तथा स्थानिय भरभलाआदमी र समाजसेबीको उपस्थित रहेको थियो ।
कार्यक्रम संचालन बिद्यालयका प्रअ श्यामसुन्दर पासवानले गरेका थिए भने स्वागत तथा कार्यक्रमका बारेमा सबल नेपालका सिनियर म्यानेजर असोक साहले गरेका थिए ।















Discussion about this post