धनुषा/कार्तिक २७ गते।जनकपुरधामको देवपुरा रुपैठामा निषे धाज्ञा जारी गरिएको छ ।
धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठामा सम्प्रादायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस हुलहुज्जत गरिरहेको बुझिएकोले तत्कालको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै केही क्षेत्रमा निषे धाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले एक सुचना जारी गर्दै निषे धाज्ञा लागु गरिएको जानकारी दिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम कुनै प्रकारको भेला जुलुस, प्रर्दशन, घेराउ, र्याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी आज दिउँसो २:०० बजे देखि भोलि राती १० बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिए ।

स्थानीय प्रशासनले पुर्वमा जलाद नदीको कल्टी बांध पश्चिममा जनकपुर जटही मार्ग दोबाटो उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौक देखि बहुअर्वा जाने बाटोसम्म निषे धाज्ञा जारी गरिएको छ ।














Discussion about this post