जनकपुरधाम/कार्तिक २४ गते।जनकपुरधाममा बुधबार साँझ अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिएर मनाइएको छ ।

तलाउ तथा पोखरीहरूको सहर भनेर चिनिने जनकपुरमा ब्रतालुहरुले तलाउ तथा पोखरी छेउ बनाइएका घाट अगाडि स्नान गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिने गरिन्छ ।

यस्तै बुधबार रातभर जाग्राम बसी बिहीबार बिहान उदाउँदो सूर्यको पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि पर्व समापन हुन्छ ।






























Discussion about this post