अरुण कुमार यादव/सप्तरी/कार्तिक २१ गते।सप्तरीको खडक नगरपालिका वडा न.३ बनरझुलामा आज साँझ करेन्ट लागेर एक जना महिलाको मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा स्थानिय मो. ईनुसको ३८ बर्षीया श्रीमती जैफुल खातुन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हरियो बास छतमा राख्न जाने क्रममा छत माथि भएको ११ हजार भोल्टेलको तारमा बास छुन जादा उनललाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर बेहोस भएकी उनलाई उपचारको लागि स्थानिय मेडिकल खरचुईयातर्फ लादै गर्दा बाटोमा नै मृ त्यु भएको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले जानकारी दिनुभयो । यता घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।















Discussion about this post