महोत्तरी/कार्तिक १९ गते । काठमाण्डौवाट उदयपुर जाँदै गरेको बा ३ ख ९७८८ नम्बरको हायस महोत्तरीमा दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् ।
हायस महोत्तरीको बर्दिबास नगरपालिका–३ पाटुमा अनियन्त्रित भइ दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको स्थानिय प्रत्यक्षदर्शीले बताए । घाइते सवै जनालाई स्थानियहरुले उद्दार गरि उपचारका लागी जनसेवा हस्पितल बर्दिवास पुर्याएका छन ।
हायसको ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना हुँदा हायस मुल सडकवाट तल खेतमा खसेको चालक अमर माझीले बताए ।
चालक माझीलाइ नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय बर्दिबासका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताउनुभयो ।














Discussion about this post