महेश सिंह/सिरहा/कार्तिक १८ गते।सिरहाको लक्ष्मीपुरपतारी गाउँपालीका वडा ५ खरुकियाहीमा कक्षा ८ मा पढ्ने छात्रा विद्यार्थीहरुलाई साईकल सहयोग गरेको हो। लक्ष्मीपुर पतारी ५ स्थित रहेको श्री माध्यमिक बिद्यालय लक्ष्मीपुर पतारी ५ खरुक्याहीमा रहेको बिद्यालयमा पढ्ने ३९ छात्राहरुलाई साइकल बितरण गरेको छ।

नेपाल विद्यार्थी संघका निब्रर्तमान केन्द्रिय सदस्य तथा युवा नेता संजय कुमार यादवको विशेष पहलमा साईकल वितरण गरेका छन्।प्रदेश सरकारको”बेटी बचाउ बेटी पढाउ अभियान,अन्तर्गत ३९ छात्राहरुलाई साइकल बितरण गरेको हो।नेता यादव बाल्यकाल देखि समाज सेवा गर्दै राजनीतिमा सक्रिय रहेका छन्।स्कुल बालबालिकाहरुलाई स्कुल जान आउन सहता प्रदान गर्न विद्यार्थीहरुलाई साईकल सहयोग गरेका छन्।

समाजमा गरीब दलित तथा बिपन्न समुदायका बालबालिकाहरुले गाउँकै स्कुलमा अध्यन गर्ने गरेका छन्। उक्त विद्यार्थीहरुले साईकल पुउदाँ खुशी हुदै प्रदेश सरकार र युवा नेता संजय यादव धन्यवाद दिएका थिए।

विद्यार्थीहरु नेता यादवको चर्चा गर्दै उजस्तै नेताको समाजमा खाँचो रहेको विद्यार्थीहरुले प्रसंसा गरेका थिए।श्री माध्यमिक बिद्यालय लक्ष्मीपुर पतारी ५ खरुक्याहीमा रहेको बिधालयमा करिब ७ सय बालबालिकाहरुले उक्त स्कुलमा अध्ययन रत रहेका छन्। गाउँपालिकाको प्रमुख प्रसास्किय अधिकृत सुमिन्त्रा लामाको उपस्थिति र सम्बन्धित वडाका अध्यक्ष देब कुमार यादवको रोहवरमामा साईकल वितरण गरेको स्कुलको प्रधान अध्यापक महेन्द्र साहले जानकारी दिनु भयो।















Discussion about this post