nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीको धार्मिक नगरी मटिहानी संरचनाको विकासले जगमगिँदै

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १८, २०७८, १२:०९ मध्यान्ह
महोत्तरीको धार्मिक नगरी मटिहानी संरचनाको विकासले जगमगिँदै

महोत्तरी/कार्तिक १८ गते। दीपावली पर्वको रमझममै महोत्तरीको मटिहानीमा सुन्दर वाटिका निर्माण हुँदैछ । रामायणकालदेखि महत्व र चर्चा पाएको मटिहानी नगरमा सुन्दर वाटिका निर्माण थालिएको हो ।

दीपावली पर्वको अवसर पारेर नगरस्थित लक्ष्मीनारायण मठ अगाडिको चभचा पोखरी डिलमा मटिहानी नगरपालिकाले रु ५६ लाखको लागतमा वाटिका निर्माण भइरहेको छ । यसअघि ५१ फिट अग्लो घण्टाघर, जलेश्वर–मटिहानी सडक र मटिहानी–जनकपुर सडक (रामजानकीपथ)मा नगर प्रवेशद्वार, लक्ष्मीसागरमा मनोरम घाट र चित्ताकर्षक पक्की घेराबेरा, मटिहानीबजार समिप निर्मित अत्याधुनिक अतिथिगृह र लक्ष्मीनारायण मठ अगाडि दुर्गा मन्दिर निर्माण गरिएको थियो ।वाटिका निर्माणले धार्मिक नगरीको सौन्दर्य अझ बढ्ने नगरवासीले आश गरेका छन् ।

दीपावली पर्वले जताततै जगमगाएका बेला आफ्नो ठाउँमा सुन्दर वाटिका निर्माणको थालनीले धार्मिक नगरीमा थप उत्साह देखिन्छ । “हाम्रो नगरको धार्मिक महत्ता उजागर गर्न प्रयत्न भएका छन्, यी संरचनाले ठाउँको ओज बढाउने छ”, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य विजयकुमार साह भन्नुहुन्छ, “वाटिका निर्माणले नगरको सौन्दर्य अझ बढ्ने छ ।” नगरपालिकाले निर्माण सम्पन्न गरेका र निर्माणाधीन यी संरचनालाई अनुत्पादक काममा लगानी गरिएको टिप्पणी गर्ने पनि भेटिएका छन् ।

नगरप्रमुख हरिप्रसाद मण्डल भने नगरको विगतदेखिको धार्मिक, सांस्कृतिक र पौराणिक परिचय उजागर गर्न यी काम महत्वपूर्ण भइरहेको बताउनुहुन्छ । “हाम्रो नगरको परिचय त्रेतायुगसँग जोडिन्छ, त्यसैले ती पौराणिक परिचय अझ उजागर गर्नु हाम्रो कर्तव्य र दायित्व हो”, उहाँ भन्नुहुन्छ, “त्रेतायुगमा राम–सीताको विवाहसँग जोडिएर हाम्रो नगरका पौराणिक कथा छन्, तिनमा गौरववोध गर्ने हो भने त्यो परिचय उजागर गर्नुपर्ने हुन्छ ।” पछिल्लो स्थानीय तह निर्वाचनयता धार्मिक नगरी मटिहानीको प्राचीन परिचय अझ बढाउन बनाउन जे–जति सम्भव छ, त्यो गरिएको मण्डल बताउनुहुन्छ ।

यी कामबाहेक आम जनताको जनजीविकासँग जोडिएका कृषिसम्वद्ध थुप्रै काम गरिएको पनि मण्डलको जिकिर छ । मटिहानीस्थित करिब ५५० वर्ष पुरानो इतिहास बोकेको राजगुठीअन्तर्गतको लक्ष्मीनारायण मठ, ३०३ वर्षअघि स्थापना भएको राजकीय संस्कृत पाठशाला (अहिले राजकीय संस्कृत माध्यमिक विद्यालय) र विदेहराज जनकको प्राज्ञ (विद्वान) सभाका मनिषि महामुनि याज्ञवल्क्य र लक्ष्मीनारायण मठका नाउँमा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस)को स्थापनाका लागि ठाउँ छनोट नै रामायणकालीन जनश्रुति आधार भएको यहाँका विद्वानको मत छ । “मटिहानीको पहिलो महत्व भनेकै राम–सीताको विवाहमा वेदि (वैवाहिक समारोहका लागि यज्ञस्थल) बनाउन माटो लगिएको भन्ने जनश्रुति हो”, याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका नेपाली भाषा साहित्य विषयका उपप्राध्यापक ध्रुव राय भन्नुहुन्छ, “त्यही आधार टेकेर ठाउँको महत्व चहकिलो बनाउन पूर्वजले यहाँ मठ, विद्यालय र अन्य संरचना स्थापना गरेका हुन् ।”

मटिहानीस्थित अहिलेको लक्ष्मीसागर (तलाउ) भएको ठाउँबाट नै राम–सीताको विवाहमा वेदि बनाउन माटो लगिएको जनविश्वास छ । नेपाल–भारत सीमासँगै जोडिएको मटिहानी नगर धार्मिक मेला, उत्सवका लागि प्रसिद्ध छ । साउन शुक्लपक्षको झुला महोत्सव, असोज शुक्लपक्षको दुर्गा महोत्सव र दशमीका दिनको रावणवध उत्सव, फागुन शुक्लपक्षको फागु महोत्सव र मिथिला माध्यमिकी (१५ दिने) परिक्रमाको चौथो दिनको विश्राममा हुने परिक्रमा उत्सव मुख्य हुन् । यी धार्मिक उत्सवमा मटिहानीका स्वस्फूर्त जनजन परिचालित हुने गरेका उद्योग वाणिज्य सङ्घ महोत्तरीका अध्यक्ष मोहनप्रसाद गुप्ता बताउनुहुन्छ । आफ्नो ठाउँको परिचयसँग जोडिएको त्रेतायुगकालीन जनश्रुतिप्रति मटिहानीवासी गर्व गर्छन् ।

“जसरी मिथिलाका धनुषाधाम (रामले शिवधनुमा प्रत्यञ्चा चढाउँदा धनु टुक्रिएर झरेको मानिने ठाउँ), जनकपुर स्थित रङ्गभूमि (राम–सीताको स्वयम्वर गरिएको ठाउँ) र जनकपुर स्थित रामजानकी विवाहमण्डप र रामसीताले वनविहारका क्रममा फागु खेलेका ठाउँ मानिने महोत्तरीकै कञ्चनवनको प्रसिद्धि छ, हाम्रो ठाउँ पनि वेदि बनाउन माटो खनिएको ठाउँको महत्वले गर्वित छ”, वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानि बिन्देश्वरीप्रसाद मण्डल भन्नुहुन्छ, “मटिहानीवासीले यो पक्षलाई अझ उजागर गरी सुन्दर नगर बनाउनतिर लाग्नुपर्छ ।”

मटिहानी नगरका पुराना ऐतिहासिक वैभवसँगै पछिल्ला तीन–चार वर्षयता निर्माण भएका धार्मिक र अन्य विकास संरचनाले आफ्नो नगरको महत्ता झनै बढाएको मटिहानीवासी बताउँछन् । नगरपालिकाले यसै वर्ष करिब रु तीन करोडको लागतमा अत्याधुनिक रङ्गशाला पनि निर्माण गरेको छ । गत वर्षमात्र निर्माण सम्पन्न भएको ५१ फिट अग्लो घण्टाघरमाथि अवलोकन गर्न नगरवासी मात्र नभएर टाढाटाढाबाट आउने पर्यटकको जमघट देखिन्छ । दशगजा (नेपाल–भारत सीमा)सँगै जोडिएको हुँदा मटिहानीबजार छिमेकी भारतीयको पनि घुमफिरको गन्तव्य रहँदै आएको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेल बताउनुहुन्छ । भारतीय सीमासँगैको मटिहानीबजार मिथिलाको माध्यमिकी परिक्रमासँग जोडिएको छ ।

फागुन शुक्लपक्षमा आयोजना हुने मिथिलाको महाकूम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीले चौथो दिनको रात्रिविश्राम मटिहानीमै गर्ने परम्परा त्रेतायुगमा मर्यादा पुरुष श्रीराम र मिथिला नन्दिनी आदर्श नारी सीताको ‘ मिथिला विहार’सँग सम्बन्धित रहेको छ । रासस

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

१७ जना डाक्टरको दर्ता खारेज

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!