सिरहा/कार्तिक १७ गते।सिरहामा ट्याक्टरबाट झरेर एक बालकको मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा जिल्लाको गोलबजार नगरपालिका वडा नं. ४ का नशिवलाल सदायका ११ वर्षीय छोरा निशान्त सदाय रहेको प्रहरीले जनाएको छ ।
गोलबजार नपा ८ मैनाबत्ति खोलाबाट बालुबोकेर आईरहेका स. १ त ७९५ नम्वरको ट्याक्टरबाट लडेर निशान्त सदायको मृ त्यु भएको हो ।
ट्याक्टरबाट लडेर गम्भिर भएका सदायको उपचारको लागि लहान लानेक्रममा बाटोमै मृ त्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले जानकारी दिए ।
श व पोष्टमार्टमको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका अस्पतालमा राखिएको छ ।प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

















Discussion about this post