महोत्तरी/कार्तिक १६ गते । सबैतिर तिहारको रमझम बढेका बेला महोत्तरीको एकडारा गाउँपालिका-१ का नवोनाथ झाको परिवार शोकमा डुबेको छ । गत जेठ-१५ गते हराएकी १९ वर्षीया छोरी मेघा झाको आज मङ्गलबार बर्दिबास-१४ मा अस्वभाविक मृ त्यु भएपछि झा परिवार शोकमा डुबेको हो । मेघा आज आफ्नै डेरा बिहान बर्दिबास-१४ स्थित रमेश खड्काको घर कोठामा पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेकी इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको हो ।
गत जेठमा आफ्नै छिमेकी गाउँ एकडारा-४ का जितन यादवले विवाह योग्य उमेर नपुगेकी (२० वर्ष नपुगेकी) मेघालाई अपहरण गरेर लुकाउँदै आएका झा परिवारको भनाइ छ । “हाम्री १९ वर्षीया छोरीलाई यादवले अपहरण गरेर भगाएर यातना दिदै आएका सुन्थ्यौं” पिता नवोनाथ झाले भन्नुभयो, “यादवकै यातना खेप्न नसकेर छोरीको अस्वभाविक मृ त्यु भएको हो, यसको प्रहरीले अनुसन्धान गरिदिन पर्छ ।” एकडारा-१ का वडाअध्यक्ष रेहान रेजा अन्सारीले पनि घटनाको अनुसन्धान गरिन पर्ने माग गर्नुभयो ।
यादवले भगाएर ल्याएकी मेघासँग विवाह गरेर बर्दिबास-१४ मा डेरा गरी राखेका थिए । आज बिहान मेघा कोठाभित्र ढोकाको चुक्कुल लगाएर पासो लगाएर झुण्डिएपछि छिमेकीहरुलाई हारगुहार गरी ढोका फोडेर पासो काटी तत्काल बर्दिबास-१४ स्थित शुभस्वस्तिक अस्पताल पुर्याएको पति यादवको भनाइ छ । अस्पतालमा चिकित्सकले मेघालाई मृत घोषित गरेपछिमात्र प्रहरी अस्पताल पुगेर श वको प्रकृति मुचुल्का गरेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
यादवले मेघालाई यातना दिदै आएका र उनैले हत्या गराएका झा परिवारको आरोप छ । पिता झाले प्रहरीसमक्ष यादवलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी दिन आग्रह गरेको जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय बर्दिबासले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।
स्रोत साभार-शिरीष न्युज अनलाईन बाट














Discussion about this post